News Category 2073/12/10
सप्तकोसी नगरपालिकालाई घटुवा गरेको भन्दै बिरोधलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तकोसी नगरपालिकालाई घटुवा गरि सरकारले गाउँपालिकामा सिमित गरिदिएपछि त्यहा स्थानियबासि एवं राजनीतिक दल विरोधलाई निरन्तरता दिएका छन् ।
आठ विभिन्न राजनीतिक दलको बनेको सर्बदलिय संघर्ष समिति र स्थानीयबासिहरुले नगरपालिका कायम गर्न दवाब कार्यक्रम अन्तरगत नगरपालिकाको कार्यलय अगाडि बिरोध स्वरुप सडक जाम गरेका छन् ।
आठ राजनीतिक दलहरुले नगरपालिकाको कार्यलयमा चैत १ गतेदेखि तालाबन्दी गरि कामकाज ठप्प बनाउँदै आएका छन् । स्थानीयको संघर्षले फत्तेपुरमा सडक जाम समेत गरेका छन् । उदयपुरको बेल्टार, रामपुर बसाहा, हडिया लगायतबाट आउने सबारी साधन फत्तेपुरमै अलपत्र परेका छन ।
यता चैत १ गते दलिय प्रतिनीधिले संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय पुुगेर ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै स्थानिय विकास मन्त्रीले यस्तो नहुनपर्ने, कसरी भयो भन्दै आश्र्चय व्यक्त गरेका थिए । उनले ‘सच्चाउने’ भने पछि संघर्ष समिति फर्किएको थियो । तर, सरकारले गाउँपालिका नै कायम गरि कार्यकारी अधिकृत नै तोकेर पठाएपछि कार्यालयमा तालाबन्दी गरि थप आन्दोलनका कार्यक्रम गर्नु परेको नेकपा एमाले जिल्ला कमिटि सल्लाहाकार समितिका सदस्य तथा संघर्ष समितिका संयोजक नारायण आचार्यले जानकारी दिनुभयो ।
नगरपालिकाको मापदण्ड पूरा भईसकेको अवस्थामा पुनः गाउँपालिकामा सिमिति गरेपछि सबै मिलेर कार्यालयमा तालाबन्दीसमेत गरिएको स्थानीय यूवा अगुवा खगेन्द्र कार्कीले बताउनुभयो । २०७१ सालमा फत्तेपुरलाई केन्द्र बनाएर सप्तकोशी नगरपालिका घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ