News Category 2073/12/10
कांग्रेसमा प्रवेश गर्न लागेको हल्ला निराधार, तर पार्टी एकिकरणको सम्भावना जिवितै ः गच्छदार
दैनिक समाचारदाता
बिराटनगर, ९ चैत ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पार्नुभएको छ ।
फोरम लोकतान्त्रिक मोरङले बुधबार बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले आफू काँग्रेसमा प्रवेश गर्न लागेको कुरामा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो ।
यद्दपी उहाँले कांग्रेसभित्र आफूलाई सम्मानजनक पद दिए पार्टी एकीकरणको सम्भावना जीवितै रहेको खुलासा गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन अघि नेपाली कांग्रेससँग एकीकरणको अवस्था नभएको पनि प्रष्ट पार्नुभयो । तर प्रदेश र केन्द्रीय निर्वाचनका लागि भने समीकरण बन्न सक्ने उहाँले जानकारी दिनुभयो ।
पूर्व उपप्रधानमंत्रीसमेत रहेका गच्छेदारले आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्न संविधान कार्यान्वयन पहिलो प्राथमिकता भएको र यसका लागि निर्वाचन अपरिहार्य रहेको जिकिर गर्नुभयो । उहाँले अहिले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अनिवार्य शर्त भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
मधेसी मोर्चा र असन्तुष्ट पक्षहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन पनि गच्छदारले सरकारलाई आग्रह गर्दै सरकारले प्रस्तुत गरेको संविधान संसोधन विधेयक परिमार्जित गरेर पारित भए मात्र निर्वाचनको वातावरण बन्न सक्ने उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ