News Category 2073/12/11
मलेठ घटना बारे बुझ्न संसदीय टोली सप्तरीमा सुरक्षाकर्मी गैरजिम्मेवार ः टोली संयोजक सांसद अहमद
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
गत फागुन २३ गते नेकपा एमालेको मेचीमहाकाली अभियानका क्रममा सप्तरीको मलेठ गाविसमा प्रहरीले चलाएको गोलीबाट पाँच जनाको मृत्यु भएको घटना बारे बुझ्न बिहीबार संसदीय टोली सप्तरी आइपुगेको छ ।
ब्यस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समिति अन्तरगत मलेठ घटनाबारे सत्यतथ्य बुझ्न गठित उपसमितिले घटनास्थल, स्थानियवासी, संचारकर्मी, अधिकारकर्मी, राजनैतिक दल, प्रशासन, मृतकका परिवारजन लगायतसँग घटना बारे जानकारी लिएको छ ।
उपसमितीका संयोजक कांग्रेस सांसद मोख्तार अहमदको संयोजकत्वमा गठित टोलीका सदस्यहरुमा एमालेका सांसद बसुन्धरा रोकाया, माओवादी केन्द्रका दुलारी हरिजन, राप्रपाका श्यामसुन्दर टिबडेवाल र फोरम लोकतान्त्रिकका उषा यादब रहनुभएको छ ।
संसदीय उपसमितिका संयोजक मोख्तार अहमदले घटनाको प्रारम्भिक जानकारी अनुसार सुरक्षाकर्मीका तर्फबाट ठूलो गल्ति भएको बताउनुभएको छ । प्रर्दशनकारीको भीड नियन्त्रणका सुरक्षाकर्मीले रबरको गोली, पानीको फोहोरा, घुँडु तल गोली चलाउने जस्ता विकल्प रहँदा रहँदै गोलीबाट मृत्यु भएका तथा घाइते भएकाहरुको प्रकृती हेर्दा सबैलाई घुँडा भन्दा माथी नै गोली लगेको कारणले सुरक्षाकर्मीहरुको पूर्णरुपले लापरवाही देखिएको उहाँले संचारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले घटनाका बेला उपस्थित केही प्रतयक्षदर्शी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिकारकर्मी, संचारकर्मी, मधेशी मोर्चाका नेताहरुसँग पनि घटना सम्बन्धी जानकारी लिएको बताउनुभयो ।
सरकारले सप्तरी घटनाका लागि छानविन समिति बनाएपनि पदाधिकारी नतोकिएकाले चाँडै पदाधिकारी तोक्न, मृतकलाई सहिद घोषणा गर्न र मृतक परिवारलाई १० लाख क्षतिपुर्ती दिन पहल गर्ने जानकारी दिँदै जिल्लामा संकलन गरि बनाइने प्रतिवेदन उपसमितिले मूल समितिमा दिने र मलेठ घटनाका दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिने उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ