News Category 2073/12/12
आइडियलद्वारा पाँचै मृतकका पत्नीलाई सम्मानसहित आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
गत फागुन २३ गते जिल्लाको मलेठ गाविसमा प्रहरीको गोली लागी मृत्यु भएका पाँच जनाको परिवारलाई सम्मानसहित एक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ ।
राजविराजस्थित आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आसले पाँचै जनाका पत्नीलाई शुक्रबार दोसल्ला ओढाएर सम्मान गर्दै जनही रु १५ हजारका दरले आर्थिक सहयोग समेत प्रदान गरेको हो ।
प्रहरीको गोली लागेर ज्यान गुमाउने मलेठ २ का सञ्जन मेहता र बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविसका इन्द्रदेव यादवका पत्नीलाई सहयोग गरिएको हो ।
संस्थाका अध्यक्ष आसको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रापसपाका केन्द्रिय उपाध्यक्ष शेखर कुमार सिंह, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली यादव, संस्थाका संचालक समिति सदस्य शैलेश चौधरी, नागरिक समाजका थानसिंह भन्साली, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, वरिष्ठ पत्रकार शिबहरी भट्टराईसहितको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ