News Category 2073/12/12
डा. राउतलाई थप १० दिन थुनामा राख्न आदेश
दैनिक समाचारदाता
सिरहा, ११ चैत ।
राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले शुक्रबार पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।
गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट डा. राउत पक्राउ पर्नुभएको थियो ।
राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रो पटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
पाचौँपटक शुक्रबार चैत ११ गते अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । अन्तिमपटकका लागि शुक्रबार अदालतले थपेको १० दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरेर सुनुवाइका लागि मुद्दा अदालतमा पेस गर्ने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
पक्राउ परेका राउतमाथि राज्यविरुद्धको सङ्गठित अपराधअन्तर्गत प्रहरीले मुद्दा चलाएको हो ।
सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई गत माघ २० गते जनकपुरस्थित माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।
राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर उहाँ उक्त मुद्दामा धरौटीमा रिहा हुनुभएको थियो ।
यसैबीच, डा राउतलाई म्याद थपका लागि अदालत लगिने क्रममा सदरमुकाम सिरहा बजारमा ढुङ्गामुढा गर्न खोज्ने राउत समर्थित एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ