News Category 2073/12/12
निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको बेल्ही चपेना गाबिसमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयको समन्वयमा पारामेट एण्ड ल्यावस्टोक एशोसिएशनको प्राविधिक सहयोग तथा गाउँ विकास समितिको कार्यालय बेल्ही चपेनाको आयोजनामा सो निःशुल्क पशु शिविरको आयोजना गरिएको हो ।
आयोजित स्वास्थ्य शिविरमा २ हजार गाई, भैसी, पाडा, पाडीलाई खोरेत रोगको सुई लगाईएको पशु सेवा केन्द्रका पशु स्वास्थ्य प्राविधिक हेम नारायण मण्डलले जानकारी दिनुभयो । त्यस्तै ६ सय ५० बाख्रालाई पिपिआरको सुई लगाईएको उहाँले जानकारी दिनुभयो ।
गाबिस सचिव तथा अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सो निःशुल्क स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.अशोक कुमार सिंह, पशु चिकित्सक विश्वनाथ साह, प्राविधिकहरु बद्री मण्डल, राम कुमार शर्मा, संतोष चौधरी, पिन्टु कुमार यादव, हरीवन साह, पाण्डे कुमार मेहता, रामकिसुन यादव, सत्य नारायण चौधरी, अरुण चौधरी सहितकाहरुले प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल, काग्रेसका ओम प्रकाश मण्डल, रामसपाका जिल्ला उपाध्यक्ष राज कुमार मण्डल राजन सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ