News Category 2070/07/04
धामीको खुकुरी प्रहार गरी हत्या
दैनिक संवाददाता
राजविराज, ३ कात्तिक ।
झारफुक गर्न गएका एक जना बिरामीले सप्तरीको फत्तेपुरमा धामीको घाँटी रेटी हत्या गरेका छन् ।
फत्तेपुर गाविस–८ बलार्दह टोल बस्ने २९ वर्षीय कुमार सरदारले आफ्नै छिमेकी ३६ वर्षीय धामी देवलाल सरदारको धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरेका हुन् ।
देवलालले शनिबार राति पनि कुमारलाई झारफुक गरेका थिए । सोही क्रममा कुमारले खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ । देवलाल इसाई धर्मगुरु थिए ।
देवलालको हत्यापछि घरमा बसिरहेको बेला फत्तेपुर प्रहरीले कुमारलाई पक्राउ गरेको हो । हिन्दु धर्म मान्ने कुमारलाई विगत केही दिनदेखि इसाई बन्नुपर्छ भनी देवलालले भन्दै आएका थिए ।
बिरामीलाई निको पार्न झारफुक गर्दै गर्दा खुकुरी प्रहार गरी धामीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याइएको छ । हत्या गर्ने कुमार सरदारलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ