News Category 2070/07/04
धामीको खुकुरी प्रहार गरी हत्या
दैनिक संवाददाता
राजविराज, ३ कात्तिक ।
झारफुक गर्न गएका एक जना बिरामीले सप्तरीको फत्तेपुरमा धामीको घाँटी रेटी हत्या गरेका छन् ।
फत्तेपुर गाविस–८ बलार्दह टोल बस्ने २९ वर्षीय कुमार सरदारले आफ्नै छिमेकी ३६ वर्षीय धामी देवलाल सरदारको धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरेका हुन् ।
देवलालले शनिबार राति पनि कुमारलाई झारफुक गरेका थिए । सोही क्रममा कुमारले खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ । देवलाल इसाई धर्मगुरु थिए ।
देवलालको हत्यापछि घरमा बसिरहेको बेला फत्तेपुर प्रहरीले कुमारलाई पक्राउ गरेको हो । हिन्दु धर्म मान्ने कुमारलाई विगत केही दिनदेखि इसाई बन्नुपर्छ भनी देवलालले भन्दै आएका थिए ।
बिरामीलाई निको पार्न झारफुक गर्दै गर्दा खुकुरी प्रहार गरी धामीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याइएको छ । हत्या गर्ने कुमार सरदारलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ