News Category 2073/12/13
“तमलोपा र फोरम गणतान्त्रिकको दल दर्ता छैन”
राजविराज÷संविधानको धारा २६९ बमोजिम संगठन परियोजनाकालागि निर्वाचन आयोगमा दल दर्ता गरेकाहरु मध्ये सप्तरीमा विभिन्न ३० वटा दलहरुले दल दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार आन्दोलनमा रहेका मधेशवादी दलहरु मध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिकको दल दर्ता छैन ।
स्थानीय निर्वाचन प्रयोजनकालागि निर्वाचन आयोगले दर्ता भएका दलहरुले जिल्ला वा क्षेत्रिय निर्वाचन कार्यालयहरुमा जिल्लागत विवरण दर्ता गराउन गरेको सूचना बमोजिम सप्तरीमा ३० वटा दलले दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो ।
दल दर्ता गराउने पार्टीहरुमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय शिव सेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, युनाइटेड ग्रिन अर्गानाइजेशन, लोक कल्याणकारी जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, बहुजन शक्ति पार्टी रहेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माले जनसमाजवादी, नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, पिछडावर्ग निषाद दलित जनजाती पार्टी, सद्भावना पार्टी, नयाँ शक्ति पार्टी नेपाल, तराई मधेश सद्भावना पार्टी, नेकपा एमाले, देशभक्त पर्यावरणीय सामाजिक( देपसा) मोर्चा, नेकपा माओवादी केन्द्र, लोक दल, राप्रपा, बहुजन समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, मधेशी जनअधिकार फोरम मधेश र नेपाली जनता दलले दल दर्ता गराएका छन् ।
अर्को निर्वाचनकालागि संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमै दल दर्ता गरेकाहरु सिधै चुनाव जान सकिने प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ