News Category 2073/12/14
संविधान संशोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन हुदैन् ः मधेश केन्द्रित दल
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
मधेश केन्द्रित दलका शिर्ष नेताहरुले सिमांकनसहितको संविधान संशोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आइतबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा ती नेताहरुले उक्त दाबी गरेका हुन् ।
जिल्लाको बसबिट्टी गाविसस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै मधेश केन्द्रित दलका नेताहरुले जबसम्म मधेशी, आदिवासी, जनजाती तथा सम्पूर्ण उत्पीडित वर्गको अधिकार संविधानमा सुनिश्चित हुँदैन् तबसम्म आन्दोलन भइरहेको चेतावनी समेत दिएका छन् ।
श्रद्धाञ्जली सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरिरहेको भन्दै सो दमन बन्द नभए भविष्यमा मधेशी यूवाहरुले बन्दुक समेत उठाउन सक्ने चेतावनी दिनुभयो ।
शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले गाउँघर पसेर निहत्था जनताको हत्या गरेको आरोप लगाउँदै अध्यक्ष यादवले अब जनविद्रोह गर्ने बेला आएकोले मधेसको माग सम्बोधन नभए जनविद्रोहबाटै संबिधान खारेज गरी नयाँ संविधान बनाउने जिकिर गर्नुभयो ।
सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशवादी दलहरुको एकता बाहेकको अन्य कुनै विकल्प नरहेको भन्दै मधेशमा अब एमालेसहित काँग्रेस र माओवादी केन्द्रको समेत पत्ता साफ हुने चेतावनी दिनुभयो । अध्यक्ष महतोले सिमांकनसहित संविधान संशोधन भए मात्र सम्पूर्ण उत्पीडित वर्गले अधिकार पाउने जिकिर गर्नुभयो । यथास्थितिमै निर्वाचन गरे मुलुकमा द्वन्द्व झनै चर्कने उहाँले चेतावनी समेत दिनुभयो ।
यस्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अहिलेको स्थानिय तहको संरचना समेत विवादित रहेको भन्दै सरकारले गराउन खोजेको स्थानिय तहको निर्वाचनले कतिको बैधानिक हुने भन्ने प्रश्न गर्नुभयो । उहाँले मधेशी जनतालाई दमन गर्न खोज्ने राज्यको नीतिलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै जबसम्म मधेशको मुद्दालाई राज्यले समाधान गर्दैन् तबसम्म मुलुकमा कुनै निर्वाचन गर्न सम्भव नरहेको उल्लेख गर्नुभयो ।
यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले दुई नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनैपनि सरकारले निर्वाचन गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले चाडै नै मधेशवादी दलहरु एकै झण्डामूनी आउने दाबी समेत गर्नुभयो ।
सो सभामा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एमाले नश्लवादी चरित्रको पार्टी रहेको भन्दै जसकारण मुलुक अशान्त बनेको आरोप लगाउनुभयो ।
त्यस्तै मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेशी दलहरुबीच एकता आवश्यक रहेको भन्दै मधेशी दलहरु एक जुट भए मात्र सरकारले घुँडा टेक्न बाध्य हुने जिकिर गर्नुभयो ।
त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेश र मधेशीको अधिकारका लागि सम्पुर्ण मधेशवादी दलहरु एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिदै मधेशको माँग सम्बोधन बिना मधेशमा स्थानीय तहको चुनाव कुनै पनि हालतमा हुन नसक्ने स्पष्ट पार्नुभयो ।
यस्तै संघीय लिम्बुवान मंच नेपालका अध्यक्ष कुमार लिङ्गदेनले देशको बिखण्डन गर्न एमाले लागिपरेको बताउँदै मधेशी र पहाडीबिच सद्भाव खलबलाउने काम एमालेले गरेको तथा मेची महाकाली अभियानले देशमा द्वन्द्व फैलाएको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनको नाममा संघियतालाई समाप्त पार्न खोजेको आरोप लगाउनुभयो ।
ताम्सालिङ्ग संयुक्त संघर्ष समितिका संयोजक जय गोलेले जनजातीको समस्याप्रति मधेशी र मधेशीको समस्याप्रति जनजातीले साथ दिने विश्वास व्यक्त गर्नुभयो । यसैगरी शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समितीका संयोजक लाक्पा शेर्पाले मधेश र पहाडको समस्या एउटै रहेकाले सबै जना मिलेर आन्दोलन मार्फत अधिकार प्राप्त गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
गत फागुन २३ गते नेकपा एमालेको मेचीमहाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच जिल्लाको मलेठ गाविसमा भएको झडपका क्रममा प्रहरीको गोली लागि मलेठ २ का सन्जन मेहता, बिरेन्द्र मेहता, मलेठ ४ का पिताम्बर मण्डल, डिमन गाविसका स्वास्थ्यकर्मी आनन्द साह र जमूनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ