News Category 2073/12/16
मधेशी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले पूर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गरेका छन् ।
सदरमुकाम राजविराजस्थित निर्वाचन कार्यालय मोर्चाले घेराउ गर्दा त्यस वरिपरी नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।
परिमार्जितसहित संविधान संशोधन, सिमांकनको टुङ्गो लगाएर मात्र निर्वाचन गर्न माँग गर्दै मोर्चा नेता कार्यकर्ताहरुले नाराबाजीका साथ निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
कार्यालय घेराउ कार्यक्रममा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, महासचिव मनिष कुमार सुमन, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह तथा मोर्चा आवद्ध मधेशवादी दलका केन्द्रिय तथा जिल्लास्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।
यता नेपाल प्रहरी उपरिक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी उपरिक्षक रामाधार यादवले आफ्नै नेतृत्वमा सो क्षत्रमा निगरानी गर्नुभएको थियो । मधेशी मोर्चा सप्तरीले बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म निर्वाचन कार्यालय घेराउ गरेको मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ