News Category 2070/07/05
एक महिला र तीन पुरुष प्रतिबन्धित लागु औषधीसहित पक्राउ
दैनिक संवाददाता
राजविराज, ४ कात्तिक ।
प्रहरीको गस्ति टोलीले सप्तरीको मल्हनिया गाविसबाट तीनजनालाई प्रतिबन्धित लागु औषध तथा सोही आरोपमा एकजना महिलालाई समेत पक्राउ गरेकोे छ ।
मल्हनिया गाविस २ स्थित कुसहा–बेल्ही सडक खण्डमा प्रहरीले चेकजाच गर्दा स २ प ४४५४ नम्बरको मोटरसाइकलमा सवार भई कुसहातर्फ आउँदै गर्दा चेक जाचको क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका सप्तरीको मधुपट्टी ९ निवासी १८ वर्षिय सुदिप चौधरी, सिरहाको लहान १ निवासी २१ वर्षिय चन्द्रनारायण चौधरी र लहान ६ निवासी १८ वर्षिय सोनु देवलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका सुदिप चौधरीको साथबाट ११ थान लुपीजेसीस, चन्द्रनारायण चौधरीको साथबाट फेनारगन १० थान र सोनु देवको साथबाट वायोपोज १० थान र बिएन ९०७०१८८ लेखिएको ११ थान प्रतिबन्धित लागु औषध पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायक उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
यसगरि बिशेष सुराकीको आधारमा राजविराज ५ निवासी ३५ वर्षिया उर्मिला यादवको साथबाट २ सय ६५ थान पेन्टाजोनिक लेक्टेट सहित नामक लागु औषध बरामद गरेको प्रहरी नायव उपरिक्षक चौधरीले जानकारी दिनुभयो ।
राजविराजबाट रुपनी तर्फ जाँदै गरेकी यादवलाई लागु औषधसहित पक्राउ गरि प्रहरीले नियन्त्रणमा राखि अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ