News Category 2073/12/17
मधेशको संवेदनशीलतालाई तीन दलले बुझ्न नसके मधेश अलग हुने चेतावनी
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघ स्थापना भएको ६२ औं वर्षको अवसरमा बुधबार राजविराजमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले ‘पत्रकारको सुरक्षा एवम् आन्दोलनमा छाती र टाउकोमा गोली ?’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले मधेशको संवेदनशीलतालाई प्रमुख तीन दलले बुझ्न नसके अबको दश वर्षभित्र मधेश अलग हुने चेतावनी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालले मलेठ घटनालाई दुर्भाग्यपूर्ण भन्दै सुरक्षा कमजोरी देखिएको बताउँदै आगामी दिनमा आफूहरु यस्ता घटना हुन नदिन गम्भीर रहेको बताउनुभयो । सम्पूर्ण नेपाली जनताले एक अर्काको भावनालाई बुझेर अगाडी बढ्नु पर्नेमा जोड दिँदै प्रजिअ कटवालले विखण्डनको कुराले देश कमजोर हुने धारणा व्यक्त गर्नुभयो ।
महासंघका कावा अध्यक्ष श्रवण कुमार देवको अध्यक्षता तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्राई, विष्णुकुमार मण्डल, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, महासंघका पार्षद श्यामसुन्दर यादव, प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय सदस्य राजु विश्वकर्मा लगायतले मलेठ घटनाबारे प्रहरीको गम्भिर गल्ति रहेको भन्दै महासंघको स्थापना दिवसको अवसरमा आ–आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ