News Category 2073/12/22
एक सय ४३ तेश्रो लिङ्गी मतदाता सप्तरीमा सबैभन्दा धेरै २१
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशभरबाट १ सय ४३ तेस्रो लिङ्गी मतदाताले मतदान गर्न पाउने जनाएको छ ।
जसमध्ये सप्तरीमा सबैभन्दा धेरै २१ जना तेस्रो लिङ्गी मतदाता रहेको जनाएको छ । त्यस्तै पर्सामा १५, काठमाडौंमा ११, बारामा १०, नवलपरासीमा ८, कैलालीमा ७ तथा धनुषामा ६ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
सर्लाही, भक्तपुर, बर्दिया, रूपन्देही, कास्कीमा ५÷५ जना तथा झापा र नुवाकोटमा ३ तेस्रो लिङ्गी मतदाता छन् । कपिलवस्तु, इलाम, बाजुरा, अछाम, दाङ २÷२ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
चितवन, गोरखा, ओखलढुंगा र सिराहा, महोत्तरी, धादिङ, ललितपुर, प्युठान, रूकुम, म्याग्दी, काभ्रेपलाञ्चोक, बझाङ, कञ्चनपुर, बाँके, जाजरकोट, पाल्पा, गुल्मी, स्याङ्जा, बैतडी १÷१ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
यसैगरि निर्वाचन आयोगले मुलुकभरि १ करोड ४० लाख मतदाता रहेको जनाएको छ । यस्तै नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङ रहेको छ । मोरङमा ५ लाख ६३ हजार आठ सय ७० मतदाता छन् ।
कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ