News Category 2073/12/23
दुई व्यवसायीको घरमा बम फेला गोइत समूहले लियो जिम्मा
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
सप्तरी सदरमुकाम राजविराजस्थित दुई व्यवसायीको घरमा मंगलबार बिहान सकेट बम फेला परेको छ ।
राजविराज ४ निवासी ब्याट्रि व्यवसायी बिनोद चौधरी राजविराज ५ निवासी इट्टा व्यवसायी रबिन्द्र यादवको घरमा सकेट बम फेला परेको हो । सो दुबै बम राखेको जिम्मा जनतान्त्रिक तराई मुक्त मोर्चा (कान्त्रिकारी) का अध्यक्ष जयकृष्ण गोइतले लिनुभएको छ ।
चौधरीको घरको मूल गेट अगाडी प्लाष्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको हो भने यादवको घर बाहिर बालबालिकाहरुले खेलाउँदै गरेको अवस्था बम फेला परेको जनाइएको छ ।
यता प्रहरीले फेला परेको बम स्थल वरिपरि घेराहाली आवत जावतमा रोक लगाएको छ भने राजविराजस्थित श्री कृष्ण दल गणबाट बम डिस्पोजल टोलीले बम निस्कृय पारेको छ ।
यसैबिच बम फेला परेको स्थान विगत एक दशकदेखी तराईमा सशस्त्र द्वन्द्वरत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (कान्त्रिकारी)को पर्चा समेत फेला परेको छ ।
यसअघि मोर्चाले एक महिना अघि राजविराजस्थित दुई नीजि बिद्यालय र एक व्यापारीको घरमा बम राखेको थियो भने तीन महिना अगाडी सोही समूहले जिल्ला प्रशासन कार्यालय सप्तरी भित्रै बम राखेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ