News Category 2073/12/23
प्रसवनी आयूर्वेद औषद्यालयका लागि स्थानियबाट निःशुल्क जग्गा प्रदान
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
सप्तरीको प्रसवनी गाविसस्थित आयूर्वेद औषद्यालयका लागि एक स्थानियले निःशुल्क जग्गा प्रदान गरेको छ ।
प्रसवनी गाविस ८ का बद्री नारायण यादवले ५ लाख मुल्य पर्ने ११ धुर जग्गा आयूर्वेद औषद्यालयका लागि निःशुल्क प्रदान गरेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराजका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो ।
सो जग्गा प्रसवनी आयूर्वेद औषद्यालय प्रसवनी ८ (वनौली) को नाममा नामसारी समेत भइसकेको प्रमुख डा. यादवले बताउनुभयो ।
सप्तरीमा हाल ७ वटा आयुर्वेद औषद्यालय र एक जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र रहेको छ । जसमा प्रसवनीसहित ३ वटा औषद्यालयको आफ्नै जग्गा रहेको छ भने एउटा औषद्यालय आफ्नै जग्गासहित भवनमा संचालन भइरहेको छ ।
जिल्लाको धर्मपुरमा रहेको आयूर्वेद औषद्यालयको आफ्नै जग्गा रहेको छ भने अहिले सो जग्गामा भवन निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै मैनाश्रहसवाहुमा आफ्नौ जग्गाको भवनमै औषद्यालय संचालनमा रहेको छ । यसैगरि बथनाहा, हनुमाननगर, बरही विरपुर र बनौनियामा आयूर्वेद औषद्यालय भाडाको घरमा संचालन भइरहेको छ भने जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराज पनि भाडाकै घरमा संचालनमा छ ।
यता जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका लागि पनि सदरमुकाम राजविराजमै विगत केही वर्षदेखी जग्गाको खोजी भइरहेको प्रमुख डा. यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ