News Category 2073/12/24
मधेशका मसिहा स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशका मसिहा प्रणेता स्व. गजेन्द्र नारायण सिंहको ८९ जन्मजयन्ती बुधबार राजविराजमा मनाइएको छ ।
सोही अवसरमा बुधबार बिहान सद्भावना पार्टीका नेता कार्यकर्ताहरुले राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई गर्नुका साथै स्व. सिंहको शालिकमा फुलमाला लगाए ।
जन्मजयन्तीको अवसरमा सद्भावना पार्टीका महासचिव मनिष सुमनले स्व. सिंहको व्यक्तित्व, राजनीतिक उतार चढाव तथा मधेश र मधेशीको हकअधिकारका बारेमा चर्चा गर्नुभयो । उहाँले महापुरुष गजेन्द्र वावुले मेचीदेखी महाकाली सम्मका उत्पिडन मधेशीको अधिकारको लडाईको सुरुवात गर्नुभएको स्मरण गराउनुभयो ।
मधेशी, जनजाती, मुस्लिम, दलित लगायत उत्पीडित वर्गमाथी वर्षौदेखी हुने गरेको बिभेद विरुद्धको अधिकारको लडाईलाई मेचीदेखी महाकाली सम्म स्वभिमान यात्राको सुरुवात गरी मधेशीलाई आप्mनो अधिकारका लागी लड्न स्व. सिंहले प्रेरित गरेको महासचिव सुमनले स्मरण गराउनुभयो ।
संघियता, पहिचान, नागरिताको समस्यालाई उठाउने पहिलो नेता स्व. सिंह नै भएको बताउदै महासचिव समुनले मधेशको मसिहाको रुपमा सिंह एउटा छुटै आफैमा मधेशवाद भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा केन्द्रिय सदस्य भिमराज यादब, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, युवा नेता बिनोद यादब, बिद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादब, प्रेस मंचका केन्द्रिय सचिव चन्दनकुमार यादब, जिल्ला अध्यक्ष शंभु यादब, मनोज दासलगायतको उपस्थिति थियो ।
बि.स.२०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सदभावना पार्टीको गठन गुर्न भएको स्व. गजेन्द्र नारयाण सिंहको बि.स. १९८४ रामनवमीको दिन जन्म भएको थियो । मधेशीको अधिकारका लागि लड्न उहाँले स्थापना गर्नुभएको पहिलो मधेशी पार्टी नेपाल सद्भावना पार्टी हाल करिब एक दर्जन पार्टीमा विभाजित भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ