News Category 2070/07/06
निर्वाचन अधिकृतको टोलीद्वारा विभिन्न क्षेत्रको अनुगमन
दैनिक संवाददाता
राजविराज, ५ कात्तिक ।
आगामी मंसीर ४ गते हुन गईरहेको संविधानसभाको निर्वाचनको आचार संहिता उल्लघंन सम्बन्धी सप्तरीका ४ वटा निर्वाचन क्षेत्रमा अनुगमन सम्पन्न गरिएको छ ।
सप्तरीको क्षेत्र नंं. १, २ र ५ मा निर्वाचन अधिकृतहरु चन्द्रबहादुर शारु, राजेन्द्र अधिकारी, तेजनारायण पौडेल, कमलप्रसाद पोखरेल र बद्री ओलीको टोलीले सो क्षेत्रहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ती क्षेत्रहरुमा भारतीय तथा नेपाली गाडीहरु निर्वाचन कार्यालयको अनुमति बगैर नै उम्मेदवारहरुले प्रचार प्रसारका निम्ति प्रयोग गरिएको पाईएकोले ती उम्मेदवारहरुलाई प्रत्यक्ष रुपमा अनुमति लिन टोलीले निर्देशन दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
सोही क्रममा अनुगमन टोलीले उम्मेदवारहरुको प्रचार प्रसारका निम्ति आचार संहिता विपरीत रंगीन पोष्टरहरु टाँसिएको समेत फेला परेको उहाँले जानकारी दिनुभयो । यस्तै मंगलबार पनि सोही टोलीले सप्तरीको क्षेत्र नं. ४ मा आचार संहिता सम्बन्धी अनुगमन गरेको छ । सो क्षेत्रमा पनि अनुमित बगैर नै भारतीय गाडीहरु प्रयोग र रंगीन पोष्टरहरु टाँसिएको फेला पारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ