News Category 2073/12/25
ट्याक्टरको ठक्करबाट दुई बालबालिकाको मृत्यु
दैनिक समाचारदाता
सुनसरी, २४ चैत ।
सुनसरी र सिरहामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा परी दुई जना बलबालिकाको मृत्यु भएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका १ मा विहीबार ट्याक्टरको ठक्करबाट सोही स्थान २ बस्ने दिनेश मण्डलकी दुई बर्षिया छोरी मनिषा मण्डल रहेकी छिन् । बालिकालाई को २ त ११२९ नम्बरको ट्याक्टरले बाटोमा छेउमा खेल्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई गोल्डेन अस्पताल विराटनगर लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो । यता फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि सिरहाको लहान नगरपलिका १० स्थित भित्री सडक खण्डमा विहीबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका मंगल पासवानको १२ बर्षिय छोरा सुमन पासवान रहेका छन् ।
दक्षिणबाट उतरतर्फ आउदै गरेको स १ त ५७६१ नम्बरको ट्याक्टरले खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते बालकको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने ट्याक्टर र त्यस्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ