News Category 2073/12/26
राज्यले सहिद घोषणा नगरेसम्म दश लाख नलिने
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
मलेठ घटनामा प्रहरीको गोली लागि मारिएका ५ जनालाई शहिद घोषणा नगरेसम्म राज्यले दिने १० लाख रकम परिवारजनले नलिने भएका छन् ।
संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले पाँचै जना परिवारको घरमा पुगी शहिद घोषणा र छनबिन आयोग गठन नभएसम्म राज्यद्वारा दिने कुनै रकम नबुभ्mन मृतक परिवारहरुलाई आग्रह गरिएको संयुतm लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादब जानकारी दिनुभयो ।
शनिवार गृह मन्त्री बिमलेन्द्र निधिबाट शहिद परिवारलाई राहत स्वरुप १० लाख रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी पाएकोले सो कार्यक्रममा सहभागीमा नहुन परिवारजनलाई आग्रह समेत गरिएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झाले बताउनुभयो ।
शुक्रवार बिहान राजबिराज ९ स्थिति आनन्द साहको बुवा नारायण साहलाई मार्चाका नेता एवं सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिँह यादब, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य शैलेन्द्र साह, सदभावना केन्द्रिय सदस्य भिमराज यादब, क्षेत्र २ का प्रदेश सचिव शंभु झा, फोरमका केन्द्रिय सदस्य सुर्यनाथ यादब, संयुतm लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादब, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, युवा नेता नवनित झा लगायतको उपस्थिति रहेको थियो ।
यता सप्तरी प्रमुख जिल्ला अधिकारी कृष्णा प्रसाद कटवालले मलेठ घटनामा ज्यान गुमाएका ५ जनाका परिवारलाई शनिबार गृहमन्त्री निधिबाट १० लाख रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
हस्तान्तरण गर्न कार्यक्रम राखेको जानकारी दिन प्रजिअ कटवालले मलेठ घटनामा मारिएका जमुनीमधेपुरास्थिति ईन्द्र देव यादबको घरमा पुगेको सद्भावनाका नेता भिमराज यादबले बताउनु्भयो ।
गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोलीवाट मलेठका सन्जन मेहता, बिरेन्द्र मेहता, पिताम्वर मण्डल, जमुनी मधेपुराका ईन्द्रदेव यादब र प्रसवनीका आनन्द साहको प्रहरीको गोलीवाट मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ