News Category 2073/12/26
विद्युत चुहावट रोक्न सबैको सहयोग आवश्यक
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रका प्रमुख रामउदगार साहले विद्युत चुहावट नरोकिएसम्म सप्तरीमा पूर्ण लोडसेडिङ मुक्त हुन नसक्ने बताउनुभएको छ ।
विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको सम्बृद्धिमा सहयोग भन्ने मुल नाराका साथ विद्युत सुरक्षा दिवस २०७३ को अवसरमा राजविराजमा शुक्रबार आयोजित सुरक्षा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले हाल मुलुकभरी ३३ प्रतिशत विद्युत चुहावट भएपनि सप्तरीमा भने अझै ५० प्रतिशत विद्युत चुहावट भईरहेकाले सप्तरीमा लोडेसेडिङ मुक्त हुन नसकेको स्पष्ट पार्नुभयो ।
प्रमुख साहले विद्युत चुहावटलाई न्युनिकरण गर्न विद्युत प्राधिकरण लागिपरेको बताउँनुहुँदै विद्युतको संरक्षण गर्न सम्पुर्ण जिल्लाबासी तथा सरोकारबालाहरु निकायहरुसँग अनुरोध समेत गर्नुभयो ।
सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रोहित भटराई, प्राधिकरणका ई.प्रभात कुमार पंकज सहितकाहरुले विद्युतका कारण दुर्घटना हुन नदिनका लागि उच्च सतकर्ता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि विद्युत सुरक्षा दिवसको अवसरमा विद्युत प्राधिकरणका कर्मचारीको सहभागितामा राजविराजमा ¥याली समेत निकालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ