News Category 2073/12/26
विद्युत चुहावट रोक्न सबैको सहयोग आवश्यक
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रका प्रमुख रामउदगार साहले विद्युत चुहावट नरोकिएसम्म सप्तरीमा पूर्ण लोडसेडिङ मुक्त हुन नसक्ने बताउनुभएको छ ।
विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको सम्बृद्धिमा सहयोग भन्ने मुल नाराका साथ विद्युत सुरक्षा दिवस २०७३ को अवसरमा राजविराजमा शुक्रबार आयोजित सुरक्षा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले हाल मुलुकभरी ३३ प्रतिशत विद्युत चुहावट भएपनि सप्तरीमा भने अझै ५० प्रतिशत विद्युत चुहावट भईरहेकाले सप्तरीमा लोडेसेडिङ मुक्त हुन नसकेको स्पष्ट पार्नुभयो ।
प्रमुख साहले विद्युत चुहावटलाई न्युनिकरण गर्न विद्युत प्राधिकरण लागिपरेको बताउँनुहुँदै विद्युतको संरक्षण गर्न सम्पुर्ण जिल्लाबासी तथा सरोकारबालाहरु निकायहरुसँग अनुरोध समेत गर्नुभयो ।
सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रोहित भटराई, प्राधिकरणका ई.प्रभात कुमार पंकज सहितकाहरुले विद्युतका कारण दुर्घटना हुन नदिनका लागि उच्च सतकर्ता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि विद्युत सुरक्षा दिवसको अवसरमा विद्युत प्राधिकरणका कर्मचारीको सहभागितामा राजविराजमा ¥याली समेत निकालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ