News Category 2073/12/26
दिनाराम दिनाभद्रीलाई उचित संरक्षण सम्वद्र्धन आवश्यक
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले ऐतिहासिक दिनाराम दिनाभद्रीलाई उचित संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दिनाराम दिनाभद्री मेला समिति जोगिया जाँजर सप्तरीले तीन दिने ऐतिहासिक प्रथम राष्ट्रिय स्तरको मेला तथा महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले मुसहर जातीलाई अझै राज्यले कुनै किसिमको सेबा सुबिधा नदिएको आरोप लगाउँदै मुसहर जातिको आरक्षणका लागि सम्पुर्ण मुसहरलाई एक जुट भएर अगाडी बढन अनुरोध समेत गर्नुभयो ।
दिनाभद्री मेला समितिका संयोजक बद्री सदाको अध्यक्षतामा आयोजित सो समारोहमा मुलवासी पार्टीका केन्द्रिय अध्यक्ष मो.इस्लाम, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्गवा, सांसदद्वय उमेश कुमार यादव, मानपुर चौधरी, शिक्षा विज्ञ विद्यानन्द कोइराला, पत्रकार विजय मिश्र, मुसहर संघका गंगा सदा, राम प्रसाद सदा, राम परियार, चन्द्रेश्वर दास, रामेश्वर सदा सहितका बक्ताहरुले मुसहर जातीसँग राज्यले गर्दै आएको भेदभावलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सप्तरीको नेङ्गरास्थित दिनाभद्री जन्म स्थानमा आयोजित सो मेला चैत २५ देखी २७ गते तीन दिनसम्म संचालन हुने मुलनिवासी पार्टीका केन्द्रिय सचिव तथा मेला समितिका राज कुमार मण्डलले जानकारी दिनुभयो ।
त्यस्तै मेलामा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरु सहित नवलपरासीदेखि झापा सम्मका सयौ प्रतिनिधिहरुको सहभागिता रहेको मेला समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ