News Category 2073/12/27
मुलुकको शान्ति एवं मानवकल्याणका लागि आजदेखी लक्षचण्डी रुद्र महायज्ञ सुरु
राजविराज÷नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा मुलुकको शान्ति एवं मानवकल्याणका लागि आजदेखी लक्षचण्डी रुद्र महायज्ञ सुरु हुने भएको छ ।
मन्दिरका पिठाधिश एवं महायज्ञका संयोजक महाकान्त ठाकुरले सो महायज्ञको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिनुभएको छ ।
यसअघि चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ नेपालको वर्तमान राजनीति परिस्थिति र गत फागुन २३ गते जिल्लामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको कारणले चैत २८ गते बैशाख ६ गतेसम्म आयोजना हुने लागेको हो ।
महायज्ञमा भारतको हरिद्धारका साथै चारै पिठका आचार्यहरु तथा महायज्ञका लागि ४० हजार वर्गफिटको विशाल एवं भव्य यज्ञशाला निर्माण गरिएको छ । सो यज्ञाशालामा हवन कुण्ड रहेको छ । उक्त हवन कुण्डको राष्ट्रपति विद्यादवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।
करिब २१ करोड खर्च हुने सो महायज्ञ विश्वमै पाँचौं पटक हुन लागेको पीठाधिश ठाकुरको दाबी छ । महायज्ञको मण्डप तयार पार्न १ करोड २५ लाख रकम खर्च भइसकेको पिठाधिश ठाकुरले जानकारी दिनुभयो ।
यस्तै महायज्ञ अवधी भर प्रत्येक दिन करिब ७ हजार साधुसन्तको भोजनमा करिब २ करोड १३ लाख खर्च हुने अनुमान गरिएको छ ।
महायज्ञमा कलशयात्रा, दैनिक पुजाअर्चना, दुर्गा सप्तशक्ति पाठ, हवन, श्रीमद् भागवत एवं श्रीदेवी भागवत कथा, रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभुति प्रतिमा प्रदर्शनी, बालउद्यान, मीनाबजार सहित मेलाको प्रबन्ध गरिएको छ । यस्तै महायज्ञमा ३ हजार ५ सय विद्धान पंंडित राखी पुजापाठ एवं हवन गरिने व्यवस्था मिलाईएको छ ।
यसअघि महायज्ञको प्रचार प्रसारका लागि गत असार ३० गतेबाट निस्केको माता छिन्नमस्ता सखडेश्वरी रथ नेपालको मेची महाकाली १ सय ८१ दिनको यात्रा सम्पन्न गरी भारत बिहारको यात्रा समेत गरेको थियो ।
यस्तै पीठाधिश ठाकुरले सप्तरी घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको आत्माको शान्तिका लागि हवन गरिने तथा छिन्नमस्ता शक्तिपीठले उनीहरुको बालबच्चाहरुको सम्पूर्ण पढाई निशुल्क पढाउने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ