News Category 2073/12/27
उपप्रधान तथा गृहमन्त्रीको रकम हस्तान्तरण कार्यक्रम रद्द, सहिद घोषणा नगरेसम्म राज्यद्वारा प्रदान गरिने दश लाख नलिने ः मृतक परिवारजन
राजविराज÷उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी मलेठ घटनामा मारिएका सप्तरीका पाँच जना परिवारजनलाई शनिबार रकम प्रदान गर्ने कार्यक्रम रद्द भएको छ ।
सप्तरीको मलेठ घटनामा प्रहरीको गोली लागि मारिएका पाँच जनालाई शहिद घोषणा नगरेसम्म राज्यले दिने १० लाख रकम परिवारजनले नलिने बताएपछि मन्त्री निधिको रकम हस्तान्तरण गर्ने कार्यक्रम रद्द भएको श्रोतले जनाएको छ ।
यसअघि संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले पाँचै जना परिवारको घरमा पुगी शहिद घोषणा र छनबिन आयोग गठन नभएसम्म राज्यद्वारा दिने कुनै रकम नबुभ्mन मृतक परिवारहरुलाई उद्धत गर्दै संयुतm लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादब जानकारी दिनुभयो ।
शुक्रवार बिहान राजबिराज ९ स्थिति आनन्द साहको बुवा नारायण साहलाई भेट्न मोर्चाका नेता एवं सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिँह यादब, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य शैलेन्द्र साह, सदभावना केन्द्रिय सदस्य भिमराज यादब, फोरमका प्रदेश नं २ का मुख्य सचिव शम्भु झा, फोरमका केन्द्रिय सदस्य सुर्यनाथ यादब, संयुतm लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादब, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, युवा नेता नवनित झा लगायत गएका थिए ।
गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोलीवाट मलेठका सन्जन मेहता, बिरेन्द्र मेहता, पिताम्वर मण्डल, जमुनी मधेपुराका ईन्द्रदेव यादब र प्रसवनीका आनन्द साहको प्रहरीको गोलीवाट मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ