News Category 2073/12/27
उपप्रधान तथा गृहमन्त्रीको रकम हस्तान्तरण कार्यक्रम रद्द, सहिद घोषणा नगरेसम्म राज्यद्वारा प्रदान गरिने दश लाख नलिने ः मृतक परिवारजन
राजविराज÷उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी मलेठ घटनामा मारिएका सप्तरीका पाँच जना परिवारजनलाई शनिबार रकम प्रदान गर्ने कार्यक्रम रद्द भएको छ ।
सप्तरीको मलेठ घटनामा प्रहरीको गोली लागि मारिएका पाँच जनालाई शहिद घोषणा नगरेसम्म राज्यले दिने १० लाख रकम परिवारजनले नलिने बताएपछि मन्त्री निधिको रकम हस्तान्तरण गर्ने कार्यक्रम रद्द भएको श्रोतले जनाएको छ ।
यसअघि संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले पाँचै जना परिवारको घरमा पुगी शहिद घोषणा र छनबिन आयोग गठन नभएसम्म राज्यद्वारा दिने कुनै रकम नबुभ्mन मृतक परिवारहरुलाई उद्धत गर्दै संयुतm लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादब जानकारी दिनुभयो ।
शुक्रवार बिहान राजबिराज ९ स्थिति आनन्द साहको बुवा नारायण साहलाई भेट्न मोर्चाका नेता एवं सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिँह यादब, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य शैलेन्द्र साह, सदभावना केन्द्रिय सदस्य भिमराज यादब, फोरमका प्रदेश नं २ का मुख्य सचिव शम्भु झा, फोरमका केन्द्रिय सदस्य सुर्यनाथ यादब, संयुतm लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादब, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, युवा नेता नवनित झा लगायत गएका थिए ।
गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोलीवाट मलेठका सन्जन मेहता, बिरेन्द्र मेहता, पिताम्वर मण्डल, जमुनी मधेपुराका ईन्द्रदेव यादब र प्रसवनीका आनन्द साहको प्रहरीको गोलीवाट मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ