News Category 2073/12/27
सप्तरी र सिरहामा एमालेको भेला बिथोल्ने क्रममा मोर्चाका एक दजर्न बढी नेता कार्यकर्ता पक्राउ
राजविराज÷सप्तरीको कुशहामा मधेसी मोर्चाद्वारा शनिबार एमालेको कार्यक्रम बिथोलिएको छ । प्रहरीको घेराभित्र भईरहेको सो कार्यक्रममा मोर्चासँग सामान्य झडप समेत भएको मोर्चाले जनाएको छ ।
सो झडपपछि प्रहरीले मोर्चाका तीन जना नेतालाई पक्राउ समेत गरेको छ । यसरी पक्राउ पर्नेहरुमा सदुभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, सुभक महतो र वर्मा ठाकुर पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरि शनिबारै नेकपा एमाले सिरहाले लहान नगरपालिकामा स्थानीय तहको चुनावको माहौल बनाउन अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । सम्पन्न भेलामा दुई हजार भन्दा वढी विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लहान नरपालिकाको पूर्व मेयर मुनि साह, जिल्ला कमिटि सदस्यहरु राज कुमार यादव, राज कुमार साह र अशेश्वर यादवको अगुवाईमा लहान नगरपालिकाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको हो ।
यसैबिच सोही स्थानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप समेत भएको छ ।
नेकपा एमालेले सिरहाको लहानस्थित पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो ।
एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। दुई पक्षबीच तनाब भए पछि संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
त्यस्तै अन्य पक्राउ पर्नेहरुमा मोर्चाका परियागलाल यादव, नविन कुमार यादव, परियाग लाल दास, विवेक दास, जागेश्वर यादव, अर्जुन यादव, हरिदेश साह, राम नारायण साह, सुरेन्द्र यादव, सन्तोष यादव, उमेश कुमार महतो, संजय कुमार यादव, रामु महतो, महेश महतो, मुकेश शर्मा, विन्देश्वर महतो र पशुपति साह रहेका छन् ।
यता पक्राउ परेका सम्पूर्ण मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ