News Category 2070/07/07
आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्छ ः अध्यक्ष महतो
दैनिक संवाददाता
राजविराज, ६ कात्तिक ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्ने बताउनुभएको छ ।
राजविराजमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले अबको संबिधानसभाको निर्वाचनमा देशभरीमा ५० भन्दा बढी सिट जित्ने दाबी गर्नुभयो ।
मधेश र पहाडको ४० जिल्लाका १ सय ३३ क्षेत्रमा पार्टीले उम्मेदबारी दिएको बताउनुहुँदै उहाँले ५० भन्दा बढी सिट आउने आफूहरुको आंकलन रहेको बताउनुभयो ।
जनताको भावना बुझ्ने उम्मेदबारलाई जिताउनुपर्ने बताउनुहुँदै उहाँले व्यक्ति भन्दा पार्टीलाई विश्वास गरेर सुझबुझका साथ निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यकारी प्रधानमन्त्री र संबैधानिक राष्ट्रपतिय प्रणालीको पक्षमा आफनो पार्टी रहेको प्रसङ उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा परिवर्तनकारी शक्तिहरुलाई जिताउन सकिएमात्र जनताको भावना अनुसारको संबिधान बनाउन सकिने बताउनुभयो ।
करिब २२ बर्षअघि सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहले उठाएको संघीयताको मुद्धा आज राष्ट्रिय मुद्धा बनेको संबिधानसभाबाट यसलाई संस्थागत गर्न परिवर्तनकारी शक्तिको बिजयी आवश्यक भएको अध्यक्ष महतोको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ