News Category 2073/12/28
विवाद नमिलाए पत्रकार महासंघ केन्द्रिय कार्यालयमा धर्ना बस्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आइतबार सम्पन्न बैठकले महासंघ भित्रको सम्पूर्ण विवादको अन्त्य गरी अधिवेशनको वातावरण मिलाउन केन्द्रीय कार्यालयसँग आग्रह गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, सहसचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ र राजकुमार पासवानद्वारा जारि संयुक्त विज्ञप्तिमार्फत बैठकले सो निर्णय गरेको जनाइएको छ ।
साथै बैठकले सप्तरीमा केन्द्रले नै सृजना गरेको विवाद अबिलम्ब समाधान गर्न आग्रह गर्दै आगामी २०७३ साल चैत २९ गतेसम्म केन्द्रले विवाद समाधान गरी अधिवेशनको वातावरण नबनाएमा महासंघ केन्द्रिय कार्यालयमा धर्ना बस्ने निर्णय समेत गरेको जनाइएको छ ।
जारि विज्ञप्तिमा पूर्व अध्यक्ष तथा पार्षदहरुको समेत सहभागितामा सम्पन्न बैठकले केन्द्रले नै शाखा तथा प्रतिष्ठानहरुको बैशाख ७ गतेभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेपनि सप्तरीमा विवादको समाधान गर्न नचाहेको ठहर समेत गरेको छ ।
महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुको नामावली र नवीकरण वापत लाग्ने शुल्क तोकेको समयसीमा भित्रै महासंघ केन्द्रको खाता रहेको बैंक अफ काठमाण्डुमा जम्मा गरिसकेर सम्पूर्ण प्रकृया पूरा गर्दा समेत व्यक्तिबादी सोंचका कारण महासंघ केन्द्रिय समितिका पदाधिकारीले सप्तरीका समग्र पत्रकारलाई बिना कारण दुःख दिन खोजेको बैठकले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ