News Category 2073/12/29
दैनिक ज्यालादारी कर्मचारीको पाँच बुँदे माँग सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन अन्तर्गत दैनिक ज्यालादारी कर्मचारी इकाई समिति राजविराजले विभिन्न पाँच बुँदे माँगहरु अघि सारेको छ ।
दैनिक ज्यालादारी कर्मचारी इकाई समिति राजविराजका अध्यक्ष छत्रनारायण यादव, उपाध्यक्ष सफिद रहमान र सचिव राजकुमार यादवद्वारा जारि विज्ञप्तिमा सो पाँच बुँदे माँगहरु डिभिजन कार्यालयमा ज्ञापनको रुपमा बुझाएको जनाइएको छ ।
सप्तरी जिल्लाको जिल्ला दर रेट कमिटिले स्विकृत गरेको दर रेटको आधारमा प्रतिदिन श्रम गरी ज्याला पाउने श्रमिकहरुलाई विभागीय निर्देशनमा लगाईएको उमेरको हद अविलम्व बदर गर्नुपर्ने, डिभिजन कार्यालय अन्तर्गत ३ बर्षदेखि १० वर्षसम्म अथवा शैक्षिक योग्यताको आधारमा विभिन्न स्तरमा निरन्तर काम गर्ने श्रमिकहरुलाई अनिवार्य रुपले स्तर बृद्धि गर्नुपर्ने, १५ वर्षदेखि २५ वर्षसम्म निरन्तर रुपमा काम गरेको श्रमिकहरुलाई एकमृष्ठ उपदानको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले श्रम ऐनमा गरेको व्यवस्था अनुसार रोजगारीको ग्यारेन्टीको साथै स्थायी सेवाको व्यवस्था गर्नुपर्ने र विद्युतीय प्लान्टमा काम गर्ने श्रमिकहरुको जिवन बिमाको व्यवस्था गर्नुपर्ने माँगहरु अघि सारेको छ ।
सो ज्ञापन पत्रमा माँगहरु अविलम्व पुरा नभएको खण्डमा कडा संघर्षका कार्यक्रमहरु संचालन गर्ने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ