News Category 2073/12/30
सांसद मण्डलले झुठो बोले ः मधेशी मोर्चा, मधेशी मोर्चा सप्तरीद्वारा सांसद मण्डलको राजिनामा माँग
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले एमाले नेता तथा सांसद सत्यनारायण मण्डलले संसदमा झुठो कुरा बोलेर मोर्चालाई बदनाम गर्न खोजेको भन्दै सांसद पदबाट राजिनामाको माग गरेको छ ।
मोर्चाले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरेर सांसद मण्डलले जिल्लास्थित आफ्नो घरमा मोर्चाका संयोजक दिनेश यादव नेतृत्वको समूहले ६० वर्षिया श्रीमती र २१ वर्षिया बुहारीलाई लछारपछार गरेको भनाईलाई पूर्ण रुपले अराजनैतिक, अलोकतान्त्रिक र गैरजिम्मेवार भनाईको संज्ञा दिएको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक दिनेश यादवले आफूहरुले कालो झण्डा मात्र गाडेको स्विकार गर्दै सांसद जस्तो गरिमामय पदमा रहेका एमाले नेता मण्डलले संसद भवनमा झुटो बोलेको र अधिकार प्राप्तिको राजनीतिलाई अन्त्य मोड्न खोजेको आरोप लगाउनुभयो । उहाँले सांसद मण्डलको घरमा रहेका कुनै पनि व्यक्तिलाई दुरब्यवहार गरेको प्रमाणित भए आफू दण्ड सजाय भोग्न तयार रहेको बताउनुभयो ।
यस्तै पत्रकार सम्मेलनमा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले सांसद मण्डलले पूर्ण रुपले झुठो अभिव्यक्ति दिएर सिंङ्गो संसदलाई समेत बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले मोर्चाको पूर्वनिर्धारित कार्यक्रम अनुसार स्थानिय निकायका कार्यालयहरुको मोटरसाइकल अनुगमन टोलीमा आफू पनि रहेकोले त्यस्तो कुनै कार्य नभएको दाबी गर्नभुयो । उहाँले सांसद मण्डलको राजिनामा माँग गर्दै १५ दिनभित्र मलेठ घटनाका दोषिलाई कारवाहीका लागि माँग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ