News Category 2073/12/31
सप्तरीका पत्रकारद्वारा केन्द्रिय कार्यालयमा तालाबन्दी, माँग सम्बोधन नभएसम्म अनिश्चित्कालिन धर्ना
दैनिक समाचारदाता
काठमाडौं, ३० चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीमा अबैधानिक हस्तक्षेप बन्द गर्न र बिद्यान सम्मत ढंगले जिल्ला अधिवेशन गर्न माँग राख्दै सप्तरीका पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा बुधबारदेखी तालाबन्दी गर्दै अनिश्चितकालिन धर्ना बसेका छन ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका हुन ।
स्थानियस्तरमा लामो समयदेखी बिभिन्न चरणमा आन्दोलन गर्दे आएपनि महासंघको केन्द्रिय समिती र क्षेत्रिय समिती गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदै आएकोले सप्तरीका पत्रकारहरु राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
महासंघ केन्द्रिय कार्यालयमा सप्तरीका पत्रकारहरुले तालाबन्दी गर्न खोजेपछि केन्द्रिय कार्यालयका कर्मचारीहरुले केहीबेर रोक्न खोजेको तर, पत्रकारहरुले कार्यालय अगाडी नारावाजीसहित प्रर्दशन चर्काएपछि केन्द्रिय कार्यालयका कर्मचारीहरु बाहिर निस्केको महासंघ सप्तरीका कार्यवाह अध्यक्ष श्रवण कुमार देवले जानकारी दिनुभयो । उहाँले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने जानकारी समेत दिनुभयो ।
कार्यबाहक अध्यक्ष देवसहित सहसचिव सुधा देव, कार्य समिती सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ, राज कुमार पासवान समेत सो धर्नामा बसेका छन् ।
यस्तै नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्गा, प्रेस यूनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष देवराम यादब, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यबाहक अध्यक्ष राम नारायण विश्वास, संघीय प्रेस फोरम नेपालका केन्द्रिय सदस्य बैद्यनाथ यादब, सप्तरीका सचिब जितेन्द्र कुमार झा, कोषध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल लगायतका रहेका छन ।
यसअघि नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णय, दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खडगाले बताउनुभयो ।
‘पत्रकार महासंघलाई राजनैतिक दलको भातृ संगठनको रुपमा वनाउन खोजियो’ नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अबधेशकुमार झाले भन्नभुयो, ‘पत्रकार महासंघ कुनै दल बिशेषको भातृ संगठन होइन्, नेपाली पत्रकारको साझा थलोको रुपमा बिकसित हुनुपर्ने मागका साथ हामी राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ