News Category 2073/12/31
मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने, आज प्रदर्शन, बैशाख ३ गते निर्वाचन कार्यालय घेराउ
दैनिक समाचारदाता
काठमाडौं, ३० चैत ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै कुनै पनि निर्वाचनमा सहभागी नहुने बताएका छ ।
मोर्चाको बुधबार सम्पन्न बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरू सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको जनाएको छ ।
मधेसी मोर्चाले विगतमा भएको वार्ता तथा सहमतिको मर्म विपरित सरकारले संविधान संशोधन विधेयक ल्याएको भन्दै स्वीकार्य नहुने बताएको छ भने ‘सीमांकन लगायत मुलभूत मुद्दाहरु सम्बोधन नहुने भएको हुनाले संशोधन विधेयकलाई मोर्चा अस्वीकार गर्दछ ।’ भनेको छ ।
तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
अध्यक्ष यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनुभयो ।
सम्पन्न बैठकले यही चैत ३१ गते सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा तमलोपा अध्यक्ष महन्त ठाकुर, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष राजकिशोर यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ