News Category 2074/01/01
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रदर्शन, चार दलका नेतालाई सप्तरी प्रवेश गर्न नदिने सद्भावना महासचिव सुमनको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ३१ चैत ।
सीमांकन लगायत मुलभूत मुद्दाहरु सम्बोधन नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले बिहीबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट मोर्चा आवद्ध सात वटै मधेशी दलका नेता तथा कार्यकर्ताहरुको सहभागितामा निस्केको विरोध प्रदर्शनले नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभामा सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले संविधान कार्यान्वयनका लागि गराउन खोजिएको स्थानिय तहको चुनाव कुनै पनि शर्तमा हुन नदिने चेतावनी दिनुभयो । उहाँले सप्तरीको मलेठ घटनाको छानबिन गर्न न्यायिक छानबिन गठन नभएसम्म चार दलका नेताहरुलाई सप्तरी प्रवेश गर्न नदिने चेतावनी समेत दिनुभएको छ ।
सुमनले मलेठ घटनामा गोली चलाउने प्रहरी उपर ज्यान मुद्दा चलाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले कंचनपुरका गौतमलाई पहाडी भएकाले शहिद घोषणा गरेको तथा सप्तरीमा पाँच जना मारिएकाहरु मधेशी भएकै कारणले अहिलेसम्म शहिद घोषणा नभएको आरोप लगाउनुभयो ।
त्यसैगरी सोही सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डलले अधिकार नदिए मधेश बिखण्डन हुने बताउँनुहुँदै उहाँले संविधान संशोधन बिना अधिकार नदिने भएकाले अधिकार नपाएसम्म मधेशमा कुनै पनि चुनाव कुनै हालतमा गर्न नदिने बताउनुभयो ।
यस्तै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादवले संविधान संशोधन बिना कुनै पनि हालतमा चुनाव हुन नदिने बताउँदै संघियतालाई कमजोर पार्नका लागि गाउँपालिका र नगरपालिकाको संरचना खडा गरेको आरोप लगाउनुभयो ।
संयुक्त लोकतान्त्रि मधेशी मोर्चाका संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार सिंह, तराई मधेश सदभावना पार्टीका गुनाय दास, तमलोपाका केन्द्रिय सदस्य विजय यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला उपाध्यक्ष कामेश्वर यादव सहितका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ