News Category 2074/01/01
सप्तरीका पत्रकारहरुको आन्दोलनमा पार्टीका अध्यक्षदेखी पत्रकारका अध्यक्षसम्मको ऐक्यबद्धता
दैनिक समाचारदाता
काठमाडौं, ३१ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीमा अबैधानिक हस्तक्षेप बन्द गर्नलगायतका माँग राख्दै बुधबारदेखी केन्द्रिय कार्यालयमा सप्तरीका पत्रकारहरुले दिँदै आएको धर्नालाई बिहीबार पनि निरन्तरता दिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका हुन ।
सो धर्नाका कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले ऐक्यबद्धता समेत जनाएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिहीबार धर्ना स्थल पुगेर सप्तरीका पत्रकारहरुले उठाएको माँगप्रति एक्यबद्धता जनाउनु भएको छ । उहाँले केन्द्रिय समितिले सप्तरीका पत्रकारहरुको माँग पुरा गर्न अग्रसरता देखाउनु पर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, मधेशी बुद्धिजिवि, मेधश र मेधशीको अधिकार बारे वकालतकर्ता एवं अधिवक्ता दिपेन्द्र झा, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंह, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखी, सप्तरी क्षेत्र नं. २ का सांसद अशोक मण्डललगायतले धर्ना स्थल नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको मूलगेट अगाडी धर्ना बसेका सप्तरीका पत्रकारहरुसँग भेटघाट गर्नुभएको थियो ।
यसैगरि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षद्वय विष्णु निष्ठुरी, सुरेश आचार्य, पूर्व केन्द्रिय सदस्य राजेश मिश्र, प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, पूर्व अध्यक्ष समिरजंग शाह, वर्तमान महासचिव अजयबाबु सिवाकोटी लगायत, संघीय प्रेस फोरमका केन्द्रिय अध्यक्ष गोबिन्द छत्यालले पनि सप्तरीका पत्रकारहरुसँग भेटघाट गर्दै समस्याबारे जानकारी लिनुभएको थियो ।
यता पत्रकार महासंघ सप्तरीले बिद्यान सम्मत ढंगले जिल्ला अधिवेशन गर्न माँग राख्दै तथा स्थानियस्तरमा लामो समयदेखी बिभिन्न चरणमा आन्दोलन गर्दे आएपनि महासंघको केन्द्रिय समिती र क्षेत्रिय समिती गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदै आएकोले सप्तरीका पत्रकारहरु राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
कार्यबाहक अध्यक्ष देवसहित सहसचिव सुधा देव, कार्य समिती सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ, राज कुमार पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्गा, प्रेस यूनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष देवराम यादब, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यबाहक अध्यक्ष राम नारायण विश्वास, संघीय प्रेस फोरम नेपालका केन्द्रिय सदस्य बैद्यनाथ यादब, सप्तरीका सचिब जितेन्द्र कुमार झा, कोषध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल लगायतका रहेका छन ।
यसअघि नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णय, दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खडगाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ