News Category 2074/01/03
दृष्टिबिहिनका लागि घर निर्माण हुने
राजबिराज÷सप्तरीको गम्हरिया प्रवाहा गाबिसका एकै परिवारमा ५ जना दृष्टिबिहिन मण्डल परिवारका लागि घर निर्माण हुने भएको छ ।
शनिबार ती परिवारको घर निर्माणका लागि एक कार्यक्रमबीच धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कटेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले शिलान्यास गर्नुभयो ।
मण्डल परिवारको लागि जम्मा ३ वटा घर निर्माण गरिने तथा सो को लागत ३० लाख लाग्ने जिग्रिपाडे प्रतिष्ठानका कुमार कटेल (जिग्री) ले जानकारी दिनुभयोे । बैशाख मसान्तसम्म उक्त घर निर्माण गर्ने योजना रहेको छ ।
त्यस्तै कुल लागत ३० लाख मध्ये १५ लाख रुपैया सहयोग संकलन भई सकेको र १५ लाख संकलन गर्न बाकि रहेकोले सो समेत चाडै संकलन हुने जिग्रिले जानकारी दिनुभयो ।
उक्त मण्डल परिवारको लागि निर्माण हुने घर बाहेक सो परिवारका ४ जना बालबालिकालाई निशुल्क अध्ययनका लागि काठमाण्डौ पठाई सकिएको तथा बाकि बालबालिकाको लागि समेत पहल भई रहेको समाजिक अभियन्ता रमेश कुमार साहले जानकारी दिनुभयो ।
दृष्टिबिहिन परिवारका लागि घर संगै आखाँको समेत उपचारको लागि पहल भई रहेको जानकारी उहाँले बताउनुभयो ।
घर निर्माण निर्माण कार्य सप्तरी युथ नेपाल, जिग्री पाडे प्रतिष्ठान नेपाल र सामाजिक अभियन्ता रमेश कुमार साहको संयुक्त पहलमा भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ