News Category 2074/01/03
सप्तरीको दुई गाविसमा आगलागि, ६० लाख बढीको क्षति
राजबिराज÷सप्तरीको दुई गाबिसमा भएको आगलागीबाट करिब ६० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको विषहरिया गाबिस ६ स्थित भेल्ही गाउँमा शनिवार विहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विजेश्वर यादवको घरमा गहुँ दाउनी गर्ने क्रममा भुसीमे आगो सल्किएर आगजनी भएको हो । आगालागीमा परी विसहरिया गाविसका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद यादवको दुई वटा घर र दुई थान चौपाया जलेर मरेको पिडितले बताएका छन ।
त्यस्तै वीरेन्द्र यादव, विनोद यादव, प्रमोद यादव, जगदिश यादव, सुरेन्द्र प्रसाद यादव, विरेन्द्र प्रसाद यादव, महेश प्रसाद यादव, शान्ति देवी यादव, जगदेव यादव सहितका एक दर्जन परिवारका ओटा घर तथा घरका रहेका सम्पुर्ण समानका साथै १५ वटा खसी चौपाया समेत जलेर मरेको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीयबासी र राजविराजबाट पुगेको बारुणयन्त्र र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
त्यसैगरी सप्तरीको कंकालिनी नगरपालिका ३ बस्ने सत्यदेब पघैया यादवको घरमा शुक्रबार राती आगलागी हुदा करिब २० लाखको क्षति भएको छ ।्
यादवको घरमा थ्रेसरबाट गहुँ झार्ने क्रममा थ्रेसर तातिएर आगो लागेको थियो । आगोले यादवको घर तथा घर भित्र रहेको सम्पूर्ण समान, काठ, परालको कुन्यु १ वटा बाख्रा समेत जलेर मर्दा अन्दाजी २० लाख बराबरको क्षति भएको पीडितले बताएका छन ।
यता आगलागी स्थानियबासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा २ घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ