News Category 2074/01/04
मोर्चाद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा
दैनिक समाचारदाता
राजबिराज, ३ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आवद्ध रहेको संघीय गठबन्धनले अनिश्चितकालीन आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको छ ।
गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचन विथोल्न संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो ।
आन्दोलनका कार्यक्रमअनुसार वैशाखको १६ गते नेपाल बन्द र वैशाखको २७ गतेदेखि आमहड्ताल एवम् अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी रहेका बेला मोर्चा र गठबन्धनले सहमति उल्लंघन भएको भन्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको हो ।
अध्यक्ष यादवले सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहालले चैतको २९ गते संविधान संशोधनको नयाँ विधेयक दर्ता गराएको भन्दै आपत्ति जनाउनुभयो । संविधान संशोधन विना गरिने कुनै पनि निर्वाचन मोर्चा र गठबन्धनलाई अस्विकार्य रहेको बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
आन्दोलनका कार्यक्रमहरू
१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी र सिटी जुलूश
३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
९. २०७४ बैशाख १५ गते – मधेश ,थरुहट र लिम्बूवान बन्द
१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द
१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने र गराउने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ