News Category 2074/01/05
मधेशी र थारुलाई प्रतिनिधित्व गर्ने दुई पार्टीबीच आज एकीकरण हुँदै, अध्यक्षमा महतो, महासचिवमा लेखी
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
स्थानिय तहको निर्वाचन र मधेशी मोर्चाको जारि आन्दोलनका बीचमा दुई फरक फरक समुदायलाई प्रतिनिधित्व गर्ने दुई शक्तिबीच आज एकीकरण हुँदैछ । सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच आज काठमाडौंस्थित नयाँ बानेश्वरको अर्याल होटलमा एकीकरण हुने भएको हो ।
राजेन्द्र महतो अध्यक्ष रहनुभएको सद्भावना पार्टी र राजकुमार लेखी संयोजक रहनुभएको नागरिक समाजवादी पार्टीबीच एकीकरण हुने पक्का भएको उच्च श्रोतको दाबी छ । श्रोतका अनुसार पार्टीको अध्यक्षमा राजेन्द्र महतो र महासचिव एवं संगठन विभाग प्रमुखमा राजकुमार लेखी रहने जनाइएको छ ।
श्रोतका अनुसार मधेशवादी पार्टीको रुपमा स्थापित सद्भावना पार्टी र २०७२ सालमा गठन भएको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएमा मधेशी र थारु मिलेर निर्माण हुने पार्टी मधेशमा एउटा ठूलो शक्तिको रुपमा उदय हुनेछ ।
दुबै पार्टीबीच एकीकरण पश्चात् त्यसको भोली पल्ट बैशाख ६ गते सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकबीच एकीकरण हुने अर्को श्रोतको दाबी छ ।
एकीकरण पश्चात् राजेन्द्र महतो अध्यक्ष हुने गरि चारै पार्टीको सहमतिमा पार्टीको नयाँ नाम राखिने छ । यी चारै पार्टी एक भएपछि मधेशमा एउटा नयाँ शक्तिको उदय हुने निश्चित छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ