News Category 2074/01/05
पत्रकारको आन्दोलनमा मोर्चा र युथ नेपालको समर्थन
दैनिक समाचारदाता
राजबिराज, ४ बैशाख ।
विभिन्न माँगहरु राख्दै ६ दिनदेखी काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा आन्दोलन गर्दै धर्ना बस्दै आएका सप्तरीका पत्रकारहरुको माँगप्रति ऐक्यबद्धता जनाउँदै सप्तरीका सम्पुर्ण पत्रकारहरुले सोमबार राजविराजमा दवाव ¥याली निकालेका छन् ।
यस्तै पत्रकारहरुको आन्दोलनमा सप्तरी युथ नेपालले समेत समर्थन जनाउँदै ऐक्यबद्धता ¥याली निकालेको छ । छुट्टाछट्टै ब्यानरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाबाट निकालिएको उक्त ¥यालीमा जिल्लामा रहेका पत्रकार तथा युवाहरुको सहभागिता रहेको थियो । सो ¥याली नगर परिक्रम पश्चात् पुनः महासंघमै पुगेर सभामा परिणत भएको थियो ।
सभामा पत्रकार महासंघका पूर्वसभापति विष्णु मण्डलले सप्तरीका पत्रकारहरुले काठमाडौंस्थित केन्द्रिय कार्यालयमा धर्ना दिइरहेको भन्दै उनीहरुको माँग अविलम्ब पुरा गर्न महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई आग्रह गर्नुभयो ।
यस्तै यूथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले पत्रकारहरुको माँगप्रति विना विभेद गरि पुरा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सभामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी संयोजक दिनेश यादवले पत्रकारहरुको आन्दोलनमा मोर्चाको पुर्ण समर्थन रहेको भन्दै केन्द्रिय समितिलाई माँग पुरा गर्न माँग गर्नुभयो ।
विगत दुई वर्षदेखी जिल्लामा विभिन्न चरणको आन्दोलन गर्दै आएका सप्तरीका पत्रकारहरुप्रति केन्द्रिय कार्यालयले कुनै चासो नदेखाएको भन्दै अन्तिम पटक बाध्य भई काठमाडौंमूखी आन्दोलन गर्नुपरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ