News Category 2074/01/05
मधेशको मुद्दा सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने डा. भट्टराईको दाबी
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गर्नुभएको छ ।
सप्तरीको खडक नगरपालिकाको कल्याणपुर विसनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोध गर्दे उहाँले तराई मधेशको ५२ प्रतिशत जनताको सहभागी विनाको चुनावको कुनै अर्थ नरहने बताउनुभयो ।
उहाँले मधेशी मेर्चाले घोषणा गरेको आन्दोलनको कार्यक्रम प्रति हाम्रो समर्थन रहेको बताउँदै मधेशी, जनजाति थारुको लगायत सीमान्तकृत समुदायको जायज माग सम्बोधन नगरीए चुनावको कुनै औचित्य नरहने उल्लेख गर्नुभयो ।
उहाँले संविधान संसोधन गरी तराई मधेशको माग सम्बोधनगरी सबैलाई समेटेर सरकारले चुनावमा सहभागी गराउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले विना दवाव र आन्दोलनले नै संविधान संसोधन हुन्छ तर, वर्तमान सरकारले त्यस्तो हुन नदिएकोले बाध्य भएर आन्दोलनमै जानु परेको गुनासो गर्नुभयो ।
उहाँले अन्तरिम संविधान तहत गठन भएको राज्य पुनरसंरचनाको दश प्रदेशको प्रतिवेदन अनुरुप संघीय संरचना बनाएर गए मात्र हिमाल पहाड तराईको समस्या समाधान हुन्छ भन्नुभयो ।
सभालाई सम्बोधन गर्दे उहाँले चुवान चिह्न नदिने निर्णयले नयाँ शक्तिमाथि षडयन्त्र भएको आरोप समेत लगाउनुभयो । ‘निर्वाचनमा नै भाग लिन नदिने भन्ने कहीँबाट मिल्दैन । उहाँहरु पुरानो संविधान सभा निर्वाचनको दुहाइ दिइराख्नुभएको छ त्यो त नयाँ निर्वाचनले पो कुन दल राष्ट्रिय अन्तराष्ट्रिय अथवा सानो दल भन्ने छुट्याउँछ’, भट्टराईले भन्नुभयो, ’उनीहरुलाई आँट छ भने यो संसद विघटन गरुन् र अर्को संसदीय निर्वाचन गरोस् । त्यसपछि हामी हेर्छौं ।’ लोकतान्त्रिक देशमा निर्वाचनमा भाग लिनबाट बञ्चित गर्न नहुने भट्टराईको भनाइ थियो ।
चुनाव चिह्न नदिए आन्दोलन जारी राख्ने भन्दै भट्टराईले भन्नुभयो । पुरानो गइसकेको म्यान्डेटको जगमा टेकेर लोकतन्त्रमाथि कुल्चने र अरुको अधिकार हनन गर्ने जुन दुष्कर्म भइराख्या छ यसको प्रतिवाद हामी गर्छौं र अन्तिम सम्म गर्छौ ं।’
उहाँले भाषणको क्रममामा उहाँले मुलुकमा गरिबी र बेरोजगारी मेटाउने र हिमाल पहाड र तराईलाई आर्थिक समृद्धि तर्फ लाने मेरो सपना रहेकोले त्यो बाचुनजेल सम्ममा पुरा गरेरै छाडने बताउनुभयो ।
सो कार्यक्रमा विभिन्न पार्टी परित्यागरी नयाँ शक्ति पार्टीमा प्रवेश गरेका सयौं जनालाई अविर माला लगाई पार्टी प्रवेश गराउनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ