News Category 2074/01/07
लक्षचण्डी रुद्र महायज्ञ सम्पन्न, लाखौं भक्तजनहरुले अवलोकन गरेको दाबी
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा मुलुकको शान्ति एवं मानवकल्याणका लागि संचालित लक्षचण्डी रुद्र महायज्ञ बुधबार विधिवत रुपमा सम्पन्न भएको छ ।
गत चैत्र २८ गतेदेखि संचालित सो लक्षचण्डी रुद्र महायज्ञ बुधबार बिधिवत रुपमा सम्पन्न भएको महायज्ञ संयोजक एवं मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । समापन्न समारोहमा महायज्ञका पाल्नुभएका जोगी तथा समाजसेवि, बृद्धिजिवी सहितले सामुहिक रुपमा समापन गरेको हुन् ।
महायज्ञ अवधिभरीमा करिब लाखौं श्रद्धालु भक्तजन दर्शन तथा पुजापाठ र महायज्ञ अवलोकनको लागि आउनुभएको पिठाधिश ठाकुरको दाबी छ । सो अवधिमा नेपालको विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत दिनहुँ हजारौ भक्तजनहरु माताको दर्शनका साथै पुजाआजा र महायज्ञ अवलोकन गर्न तथा मेल भर्न आईएको उहाँको भनाई छ ।
यसअघि चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ नेपालको वर्तमान राजनीति परिस्थिति र गत फागुन २३ गते जिल्लामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको कारणले चैत २८ गते बैशाख ६ गतेसम्म संचालन भएको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कावा अध्यक्ष राम नारायण यादव रामबावुले जानकारी दिनुभयो ।
महायज्ञका लागि ४० हजार वर्गफिटको विशाल एवं भव्य यज्ञशाला निर्माण गरिएको थियो भने सो स्थानमै यज्ञाशालामा हवन कुण्ड रहेको थियो ।
करिब २१ करोड भन्दा बढी खर्च भएको तथा महायज्ञ विश्वमै पाँचौं पटक हुन लागेको मन्दिरका पिठाधिश एवं महायज्ञका संयोजक महाकान्त ठाकुरको दाबी छ । महायज्ञको मण्डप तयार पार्न १ करोड २५ लाख रकम खर्च भएको मन्दिरका पिठाधिश ठाकुरले जानकारी दिनुभयो ।
महायज्ञ अवधी भर प्रत्येक दिन करिब ७ हजार साधुसन्तको भोजनमा करिब २ करोड १३ लाख खर्च भएको आयोजक समितिले जनाएको छ ।
महायज्ञमा कलशयात्रा, दैनिक पुजाअर्चना, दुर्गा सप्तशक्ति पाठ, हवन, श्रीमद् भागवत एवं श्रीदेवी भागवत कथा, रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभुति प्रतिमा प्रदर्शनी, बालउद्यान, मीनाबजार सहित मेलाको प्रबन्ध गरिएको छ । यस्तै महायज्ञमा ३ हजार ५ सय विद्धान पंंडित राखी पुजापाठ एवं हवन गरिने व्यवस्था मिलाईएको थियो ।
यसअघि महायज्ञको प्रचार प्रसारका लागि गत असार ३० गतेबाट निस्केको माता छिन्नमस्ता सखडेश्वरी रथ नेपालको मेची महाकाली १ सय ८१ दिनको यात्रा सम्पन्न गरी भारत बिहारको यात्रा समेत गरेको थियो । महायज्ञमा भारतको हरिद्धारका साथै चारै पिठका आचार्यहरु समेत आउनुभएको थियो ।
यसैबिच सो महायज्ञमा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारीले १ लाख २५ हजार आर्थिक सहयोग समेत प्रदान गर्नुभएको छ । बुधबारदेखि महायज्ञ सम्पन्न भएपनि मेला भने अझै केही दिनसम्म संचालन हुने मेला समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ