News Category 2074/01/08
६ मधेशवादी दलबीच एकीकरण, नयाँ पार्टीको नाम “राष्ट्रिय जनता पार्टी”
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका सात पार्टी मध्ये ६ पार्टीबीच अन्ततः एकीकरण भएर “राष्ट्रिय जनता पार्टी” मा परिणत भएको छ ।
एकीकरण भएर ६ वटै पार्टी एउटै छाता मूनी आएका छन् भने चुनाव चिन्ह समेत छातालाई रोजेका छन् । विहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ती पार्टीले एकताको घोषणा गरेका हुन् ।
मोर्चामा आवद्ध महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी बनेको हो ।
एकीकरण पश्चात् तमलोपाको ११, सद्भावनाको ५, रामसपाको ३, तमसपाको ३, नेसपा र फोरम गणतान्त्रिको एक एक सीट गरि २४ सीट भएर नवनिर्मित राष्ट्रिय जनता पार्टी संसदीय दलमा पाँचौ पार्टीको रुपमा स्थापित भएको छ ।
एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन् । पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछन् भने अध्यक्ष मण्डलको संयोजक महन्त ठाकुरलाई राखिएको छ ।
एकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले भननुभयो, “सिंहदरबार अब पनि नसुध्रिए, मधेसी जनता त गुमेकै छ, मधेस पनि गुम्छ ।”
उहाँले मधेसमा निर्वाचन सम्भव नहुने बताउँदै सहमति र सम्झौता पछि मात्रै निर्वाचन हुने उल्लेख गर्नुभयो । उहाँले पार्टी एकता मात्रै नभएर सम्पूर्ण मधेसीको एकतासमेत भएको दाबी गर्नुभयो । उहाँले ‘मधेसी पार्टी एक हुन सक्छन् र भन्नेहरूलाई हामीले जवाफ दिएका छौ ।” भन्नुभयो ।
यस्तै कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य शरत्सिंह भण्डारीले आफूहरूले एकल राष्ट्रवादको चिन्तन गर्नेलाई गतिलो जवाफ दिएको बताउनुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै अर्का सदस्य महेन्द्र राय यादवले अहिलेको संविधानलाई कसैले पनि स्वीकार नगरेको दाबी गर्दै संविधानलाई भारत र अरू विश्वले नस्वीकारेको बताउनुभयो ।
यो सँगै नेपाली जनता दललगायत अन्य साना दलहरु पनि एकीकरणमा आउन चाहेका छन् । मेघराज निषाध नेतृत्वको मधेश समता पार्टी र केही थरुहटका पार्टीहरु पनि एकीकरणमा आउन चाहेको मोर्चा श्रोतले जनाएको छ ।
यसअघि मात्र बैशख ५ गते राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी तथा राजकुमार लेखी थारु नेतृत्वको नागरिक समाजवादी पार्टीबिच एकीकरण भएको थियो ।
यता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पूर्वप्रधानमन्त्री एवं संविधान जारी गर्नमा प्रमुख भुमिका खेलेका डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गर्न लागेको भन्दै मोर्चाको एकीकरणमा सहभागी भएनन् ।
यता काठमाडौंमा एकीकरण हुँदा मधेशका जिल्लाहरुमा खुशियाली मनाइएको छ । विहीबार साँझ मधेशका जिल्लाहरुमा सर्वसाधारणले दिपाबली मनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ