News Category 2074/01/08
सहमतिपछि महासंघको ताला खुल्यो
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौमा ९ दिनदेखी लागेको ताला बिहिबार पाँच बुँदे सहमतिपछि खुलेको छ ।
बिद्यान सम्मत तरीकाले शाखाको अधिबेशन सम्पन्न गर्नु पर्ने लगायतका माँग राखी गत चैत्र ३० गते सप्तरीका क्रियाशिल पत्रकारहरुले लगाएको ताला पाँच बुँदे सहमती पश्चात खुलेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्र र सघर्ष समिती बिच भएको पाँच बुँदे सहमती ंअनुसार आगामी बैशाख २० गते शाखा सप्तरीको अधिबेशन सम्पन्न गर्ने, सप्तरी शाखाका बाँकी रहेका सबै सदस्यहरुको नबिकरण गर्ने सहमती भएको छ ।
यसैगरी नयाँ सदस्यका लागी आबेदन दिएका सबै पत्रकारहरुको सप्तरी शाखा कार्य समिती बैठकबाट सहमतीमा बिद्यान सम्मत निर्णय गरी केन्द्रिय समितिमा सिफारिस गरेपछि मात्र हुने, सदस्यता बिबादले अधिबेशन नरोकिने लगायतको सहमती भएपछी महासंघ केन्द्रिय कार्यालयमा गत चैत्र ३० गते देखी लागेको ताल खुलेको संघर्ष समितीका अबधेश कुमार झाले जानकारी दिनुभयो ।
सहमती सार्बाजानिक पश्चात् बोल्दै माहासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्टले महासंघ र संघर्ष समिती बिच भएको सम्झौता कार्यन्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघ सबैको साझा संगठन भएकोले कसैले पनि हिन्ताबोध नगरी पत्रकारहरुको हकहितमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ