News Category 2074/01/09
बेलायती संसदमा सप्तरीमा भएको दमन बारे प्रस्ताव दर्ता
दैनिक समाचारदाता
काठमाडौं, ९ बैशाख ।
लेबर पार्टी बेलायतकी सांसद एनन क्लेउडले नेपाल सरकारद्वारा मधेशीहरुमाथि दमन भएको भन्दै संसदमा प्रस्ताव दर्ता गरेकी छिन् ।
बेलायतको संसदमा सांसद क्लेउडले मधेश आन्दोलनका क्रममा मधेशीहरुमाथि अत्याधिक बल प्रयोग भएको र व्यापक रुपमा मानव अधिकार उलंघन भएको दर्ता गरेकी प्रस्तावमा उल्लेख गरेकी छन् ।
सांसद क्लेउडले नेपाल सरकारद्वारा मधेशीहरुमाथि दमन भएको भन्दै नेपाल सरकारलाई दिइदै आएको अनुदानको विषयमा पुर्नविचार गर्न माग समेत गरेकी छन् ।
उक्त प्रस्तावमा भनिएको छ, यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेशीहरु सीमान्तकृत भइ नै रहनेछन् ।
मधेशीहरुको जनसंख्या ३३ प्रतिशत रहे पनि उनीहरु सरकारी अवसरहरुमा १२ प्रतिशत स्थानमात्र ओगट्दछन् र यो सदन तराई क्षेत्रमा सुरक्षा अधिकारीहरुद्धारा अत्यधिक बलको प्रयोग गरी भैरहेको मानव अधिकारको उल्लंघनका घटनाहरुका कारण चिन्तित रहेको छ । यस्ता घटनाहरुमा मार्च ६ का दिन सुरक्षाकर्मीहरुद्धारा अत्यधिक बलको प्रयोग पाँचजन मारिएका र कैयौँ अन्य व्यक्ति घाइते भएको घटना पनि सामेल छ ।
यो सन्दर्भमा आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचन २० वर्षमा पहिलोपल्ट हुन गैरहेको हुँदा यसले प्रजातन्त्रको सुदृढीकरणका साथै आगामी शरद ऋतुमा प्रान्तीय तथा राष्ट्रिय निर्वाचनको मार्ग प्रशस्त गर्ने आशा गर्न सकिन्छ भन्ने कुरा यो सदन उल्लेख गर्दै नेपाल सरकारलाई हत्याका घटनाहरुको छानविन गर्न अनुरोध गर्दछ र दोषीलाई न्यायको कठघरामा उभ्याउन अनुरोध गर्दछ र समान प्रतिनिधित्वको प्रत्याभूतिका लागि संविधानको संशोधन गर्न पनि जोड दिन्छ ।
यो सदन राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक संचालन गर्न पनि आग्रह गर्दछ । यो सदन संयुक्त अधिराज्य सरकारलाई पनि नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग राशी त्यसरी दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्न पनि जोड दिन्छ ।
केही समयअघि दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ