News Category 2074/01/09
राष्ट्रिय जनता पार्टी सप्तरीका नेताहरुको भेला सम्पन्न, १७ वटै केन्द्रमा आन्दोलन परिचालन समिति गठन
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
बिहीबार मात्र ६ वटा मधेशवादी दलहरु एकीकरण भएर निर्माण भएको राष्ट्रिय जनता पार्टी सप्तरीका नेता कार्यकर्ताहरुको बृहत भेला शुक्रबार राजविराजमा सम्पन्न भएको छ ।
भेलाले सबै मातहतका नेता तथा कार्यकर्ताहरुलाई एक ढिक्का भई राष्ट्रिय जनता पार्टीलाई संगठित रुपमा अगाडी बढाउनका लागि एक जुट हुनुपर्ने सर्वसम्मतबाट निर्णय गरेको छ ।
सोही भेलाबाट स्थानीय निकायको निर्वाचन हुन नदिनका लागि १७ वटा केन्द्रमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ ।
यस्तै भेलाबाटै आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बैशाख १६ गते हुन लागेको उम्मेदवारको नामावली दर्ता रोक्न तथा निर्वाचन कार्यालय स्थापना हुन नदिनका लागि जिल्लादेखि गाउँस्तर सम्मका नेता कार्यकर्ताहरुलाई निर्देशन दिईएको छ ।
राष्ट्रिय जनता पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा आयोजित सो भेलामा पार्टीका नेताहरु जय प्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, गंगाराम यादव, राम नारायण यादव, दिपेन्द्र चौधरी, दिनेश यादव, हरी राय, भिमराज यादव, गुजाई दास, कुमरकान्त मिश्रा, कपिलदेव यादव, नरेन्द्र यादव, सुरेश कुमार सिंह, अमरकान्त झा, नेत्रविक्रम साह, बिजय यादव, महिलानेतृ पुनम यादव सहितकाले सुझाव दिनुभएको थियो ।
त्यस्तै नेताहरु रामपृत यादव, सुनिल कुमार झा, तेज नारायण यादव, जिवछ यादव, अमरनाथ मण्डल, किशोर कुमार यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो । महिलानेतृ साधना झाद्वारा संचालित सो भेलामा स्वागत मन्तव्य हरेराम यादवले ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ