News Category 2074/01/09
अरुण नदीको असर सप्तकोशीमा समेत पर्न सक्ने भन्दै सुरक्षा प्रमुखलाई प्रजिअको निर्देशन
दैनिक समाचारदाता
राजबिराज, ८ बैशाख ।
लेदो वाढीले अरुण नदीको हिमताल फुटने सम्भावना भएकोले सप्तरीमा पनि असर हुने भएकोले सबै निकायलाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले निर्देशन दिनुभएको छ ।
संखुवासभाको हटियागाबिस हाल भोटेखोला गाउँपालिकामा बरुण नदिमा आएको लेदो बाढीले नदिको सतह बढी रहेको अवस्थामा मकालु हिमाल मुहान फुट्ने अनुमान गरिएकोले सप्तरीमा जोखिम आउन सक्ने भएकोले तिनै सुरक्षा निकायलाई सर्तक रहन प्रजिअ कटुवालले निर्देशन दिनुभएको हो ।
दैबी प्रकोप उदार समितिका संयोजक एवं सप्तरीका प्रजिअ कृष्ण बहादुर कटवालले शुक्रवार दैबि प्रकोप उदार समितिको आकस्मिक बैठक वोलाएर तिनै सुरक्षा निकायका प्रमुख तथा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।
सप्तकोशीमा वाढी आउने सम्भावना रहेकोले नदि किनारका स्थानियहरुलाई स्थानिय सुरक्षा निकायलाई आबश्यक उदारका लागी बन्दोबस्त मिलाई तयारी अवस्थमा रहन निर्देशन दिइएको छ । सप्तकोशी नदिमा आउने वाढीले हुनमाननगर, योगिनिया, गोवरगाढा, रम्पुरामल्हनिया, तीलाठी, भारदह, पोर्ताहा, लगायत दर्जनौ गाबिस क्षतिपुग्ने जनाइएको छ ।
यस्तै बैठकले गत फाल्गुन २ गते देखी ०७४ बैशाख ८ गते सम्ममा जिल्लाको बिभिन्न क्षेत्रमा भएको आगलागी परेका ७५ जना घरपरिवारलाई जनही ५ हजारको दरले दिने निर्णय गरिएको छ ।
यसैगरी सुरुङ्गा नगरपालीका २ मा चटयाङ लागी मृत्यु भएका बेदु सदाका श्रीमति कमला सदालाई गत चैत्र ३० गते नै १ लाख रकम उपलब्ध गराई सकेको जानकारी गराइएको छ । सो अवसरमा सप्तरी प्रहरी प्रमुख अनुराग द्धिवेदी, सशस्त्रका एसपि रामाअधार यादब, श्रीकृष्ण गणका, खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख लोकेन्द्र यादब, पत्रकार चन्दनकुमार यादबलगायत अन्य सरकारी कार्यलय तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ