News Category 2070/07/10
बिभिन्न दलको समानुपातिकतर्फको बन्दसुचीमा सप्तरीका दर्जनौ व्यक्तिको नाम
राजविराज÷आगामी संबिधानसभाका लागि तीन ठुला दल र मधेशबादी दलबाट समानुपातिक तर्फ सप्तरीबाट करिब तीन दर्जनको हाराहारीमा उम्मेदवार सिफारिस गरेका छन् । निर्वाचन आयोगद्वारा सार्वजनिक बिभिन्न दलहरुको समानुपातिक तर्फको बन्दीमा सप्तरीका ४० जना भन्दा बढीको नाम सिफारिस गरिएको छ ।
एकिकृत नेकपा माओवादीले सप्तरीका एमाओवादीले केन्द्रीय सदस्य असर्फी सदा, कपलेश्वर सरदार, रुवी कुमारी कर्ण, कबिता कुमारी ठाकुर र अमला कुमारी देवी लगायतको नाम बन्दसुचीमा उल्लेख छ ।
यस्तै नेपाली काँग्रेसले सप्तरीका गिताकुमारी याादव, मुन्नी कुमारी गुप्ता, मालतीदेवी चौधरी, मोहनी साफी, रन्जित कर्ण र नमिताकुमारी चौधरी लगायतको नाम सिफारिस गरेको छ । त्यस्तै नेकपा एमालेले केन्द्रीय सत्यनारायण मण्डल, सरिता कुमारी गिरी, रंजु कुमारी ठाकुर(झा), माधवी साह र उषा पोखरेल लगायतको नाम सिफारिस गरेको जनाएको छ ।
यस्तै मधेशी जनअधिकार फोरम नेपालले भोला कुमार पासवान, रुन्दी लाल राम, उमेश प्रसाद यादव, बिरेन्द्र माझी, सुरेन्द्र प्रसाद यादव, बिनीता यादव, लक्ष्मी कुमारी चौधरी, किरणकुमारी साह, उपमा कुमारी देव, उमेश कुमार यादव र मनोज कुमार यादव लगायतको नाम समेटिएको छ ।
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीले सप्तरीका विश्वनाथ यादव, हरिप्रसाद राय अमात, रामपृत यादव, बौवालाल शर्मा र गितादेवी मंडल लगायतको नाम राखेको बन्दसुचीमा उल्लेख छ ।
यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीका महासचिव जितेन्द्र नारायण देव, जिल्ला अध्यक्ष शैलेस कुमार चौधरी र रमणी राम लगायतको नाम राखेको बन्दसुचीमा उल्लेख छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीले केन्द्रीय सचिव बिजय कुमार यादव, श्याम सुन्दर सरदार, इन्द्र कुमार चौधरी, श्रीप्रसाद राम, शुशिला कंठ, डम्बर साह, सुलेखा खातुन, शोभा कुमारी देव र मालतीदेवी खंगको नाम बन्दसुचीमा समेटेको छ ।
सद्भावना पार्टीले महासचिव मनिषकुमार सुमन र जिल्ला अध्यक्ष सुनिल झा लगायतको नाम समेटेको छ ।
अघिल्लो संबिधानसभामा सप्तरीबाट प्रत्यक्ष र समानुपातिकबाट सप्तरीका १६ जना सभासद् थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ