News Category 2074/01/11
संविधान संशोधन नभए चुनावमा सहभागी नहुने ः उपेन्द्र, महन्थ
दैनिक समाचारदाता
बिराटनगर, १० बैशाख ।
मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् ।
आइतबार बिराटनगरमा आयोजित विरोधसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई चुनावमा नजाने दाबी गर्नुभएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले संविधान संशोधन नहुन्जेलसम्म मुलुकमा चुनाव हुन नसक्ने बताउँदै चुनावमा सहभागी नहुने दाबी गर्नुभयो ।
मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टीका अध्यक्ष ठाकुरले पनि संविधान संशोधन विना कुनै चुनावमा सहभागि नहुने बताउनुभयो । उहाँले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारको सबै आदेशको अवज्ञा गर्ने चेतावनी समेत दिनुभयो ।
दुबै नेताले सरकार र मधेसी मोर्चाबीच सहमति भएको भन्दै पत्रकारले भ्रम फैलाएको आरोप लगाउनुभयो । उहाँहरुले शनिबारको वार्तामा मोर्चाले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न र मुद्दाहरु सम्बोधन गर्न भनेर सुझाव मात्र दिएको दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ