News Category 2074/01/11
संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने ः मोर्चा
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने बताएको छ । राष्ट्रिय जनता पार्टीका प्रवक्ता केशव झाले मोर्चा र सरकारबीच शनिबार राती भएको सहमतिमा संविधान संशोधन भएमात्र मोर्चाले निर्वाचनमा भाग लिने स्पष्ट पारेको जानकारी दिनुभएको छ ।
राजविराज दैनिकलाई प्रवक्ता झाले दिनुभएको प्रतिक्रियामा संविधान संशोधनमा धारा २७४ लाई संशोधन गर्नेदेखी लिएर स्थानिय तहको संख्या बढाउने सम्मको सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धारा २७४ लाई संशोधन नगरिकन कुनै पनि प्रदेशको सीमाकंनलाई हेरफेर गर्न नमिल्ने प्रावधान रहेकोले सो धारालाई संशोधन गर्नु पर्ने आवश्यकता छ ।”
प्रवक्ता झाले स्थानिय तहको निर्वाचन दुई चरणमा हुने सहमति भएपनि संविधान संशोधन नभएसम्म मोर्चा निर्वाचनमा भाग नलिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सिमांकनका विषयमा संविधान संशोधन भएपछि मात्र सिमांकन आयोग गठन गरेर संसदीय र प्रादेशिक निर्वाचन हुनु अगावै आयोगले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।”
यस्तै सहमति अनुसार प्रदेश नम्बर एक, दुई, पाँच र सातमा जेठ ३१ गते निर्वाचन हुनेछ भने प्रदेश नम्बर तीन, चार र ६ मा बैशाख ३१ गते नै निर्वाचन हुनेछ । सरकारले फाष्ट्रयाकबाट संविधान संशोधन गर्ने भएको छ ।
यता जेठ ३१ गतेको निर्वाचनअघि सरकारले मधेशमा जनसंख्याको आधारमा स्थानीय निकायको संख्या बढाउने सहमति भएको मोर्चाका नेताहरुको दाबी रहेको छ । तर, भौतिक योजना मन्त्री रमेश लेखकले निर्वाचनअघि नै स्थनीय निकायको संख्या बढाउने तय नभएको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो ।
मधेश आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता एवं सहिद घोषणा गर्ने सहमति भएको छ । यो सहमति वर्तनमा सरकार गठन गर्ने समय मै भएको थियो । सरकार गठनको १० महिनाभन्दा बढी समय हुँदासमेत मुद्दा फिर्ता हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ