News Category 2074/01/11
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० वैशाख ।
सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अर्को दुर्घटनमा एक बालिका घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहा सडक खण्डमा शनिबार साँझ दुध बोक्ने ट्याङ्ककरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको भारदह–८ भलुवा हाल हनुमानगर कंकालनी नगरपालिका १ निवासी ७० वर्षिय बातर यादव रहेको प्रहरीले जनाएको छ ।
साइकलबाट घरतर्फ गईरहेको अवस्थामा बाटो काटनेक्रममा पूर्वबाट पश्चिमतर्फ गईरहेको को १ ख ३२०६ नम्बरको दुध बोकने ट्याङ्ककरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचप्रले जनाएको छ ।
ठक्कर दिने ट्याङ्ककरसहित चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको कंचनरुप नगरपालिका ११ मा ट्रकको ठक्करबाट मोटरसाईकलमा पछाडी सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने अन्दाजी २५ बर्षिया अनिता चौधरी रहेकी छन् ।
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८५५९ नम्बरको ट्रकको ठक्करबाट सोही दिसातर्फ जाँदै गरेको मे ७ प ४३७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट घाईते चौधरीको उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ट्रक, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।
त्यस्तै रुपनी गाउँपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट एक बालिका घाईते भएकी छन् ।
घाईते हुनेमा सोहि ठाउँ बस्ने अकबर मियाको ५ बर्षिया छोरी कलिम मिया रहेकी छन् । बालिकालाई बाटो पार गर्ने क्रममा स १ च ८६५ नम्बरको भ्यानले ठक्कर दिएको थियो । ठक्करवाट घाईते बालिकालाई उपचारकालागी सगरमाथा अंचल अस्पताल राजविराज पठाईएकोमा थप उपचारकालागी धरान घोपा पठाईएको छ । भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ