News Category 2074/01/11
देवेन्द्र मिश्रको दुई पुस्तक लोकार्पण
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
विश्व पुस्तक दिवसको अवसरमा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको दुई पुस्तक आइतवार राजविराजमा लोकार्पण गरिएको छ ।
मैथिली साहित्य परिषदमा आयोजित एक कार्यक्रम बिचमा संस्कृत भाषामा लेखिएको विश्व प्रसिद्ध पुस्तक ‘श्रीमद्भगवद्गीता’को मैथिली पद्यानुवाद र ‘हमर मैथिली मनोहर पोथी’को लोकार्पण गरिएको हो ।
लेखक मिश्रका पिता उदितनारायण मिश्र र माता सोना देवी मिश्रले संयुक्त रुपमा ‘श्रीमद्भगवद्गीता’को लोकार्पण गर्नुभएको छ ।
यसैगरी मातृभाषा मैथिलीमा पठन–पाठनकालागि लक्षित गरी लेखिएको अर्को पुस्तक ‘हमर मैथिली मनोहर पोथी’को छात्रा खुश्वु यादव र छात्र अभिशेक यादवले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित पुस्तक लोकार्पण समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, मैथिली साहित्यकार रामनारायण देव, सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेल, प्रा. अशोक कुमार झा, साहित्यकार ब्रजमोहन झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, मैथिल महिला परिषद्की कोषाध्यक्ष चन्द्रिका यादव लगायतले आ आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा परिषद्का उपाध्यक्ष सतिश कुमार दत्तले धन्यवाद ज्ञापन तथा परिषद्का सचिव श्यामसुुन्दर यादवद्वारा सञ्चालित कार्यक्रममा गायक सुभाष बिरपुरियाले आफनो सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो ।
यसैबिच मैथिली पढाई उत्प्रेरक कार्य दल सप्तरीका संस्थापक समेत रहनुभएका लेखक मिश्रलाई २०६६ सालमा साझा प्रकाशनले साझा वाल साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो । यसका साथै उनी निरन्तर मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ