News Category 2074/01/14
४० दिनदेखी बन्द सप्तरीका सम्पूर्ण गाउँपालिका र नगरपालिकाको ताला खुल्यो
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
परिमार्जनसहित संविधान संशोधन र जनसंख्याको आधारमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गत चैत ३ गतेदेखी जिल्लाका सम्पुर्ण स्थानिय तहका कार्यालयहरुमा लगाएको ताला बुधबारदेखी खोलेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले स्थानीय तह पुर्नसंरचनाको बिषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोल्ने निर्णय गरिएको जानकारी दिदै यदी सरकारले कुनै कारणवश पुनः बेइमानी गरेको खण्डमा मोर्चाले तालाबन्दी भन्दा पनि सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।
विगत ४० दिनदेखी बन्द रहेको स्थानिय तहका कार्यालयहरु खुलेपछि सेवाग्राहीहरुले जन्म दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिस तथा अन्य अति आवश्यक कार्यहरु गर्न गराउन पाएका छन् ।
जिल्ला समन्वय समिति सप्तरीमा हाल ९ वटा नगरपालिका र ८ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ ।
सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका कायम छ । यी मध्ये सप्तकोशी नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएपछि स्थायिनहरुको आन्दोलन पश्चात् सप्तकोशीलाई पुनः नगरपालिका कायम गरिएको हो ।
यस्तै कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, विषणपुर गाउँपालिका र रुपनी गाउँपालिका गरि ८ गाउँपालिका कायम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ